काठमाडौं- नेपालमा ठूलो परिमाणको चक्लेट र चुइङ्गम आयात हुने गरेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा मात्रै २ अर्बभन्दा बढी रकम चक्लेट आयात गर्दा बाहिरिएको छ भने ४६ करोड बढी चुइङ्गम आयात गर्दा बाहिरिएको छ।
चालु आर्थिक वर्षको साउन महिनादेखि चैत मसान्तसम्मको भन्सार विभागको तथ्यांक हेर्दा २ अर्ब २४ करोड ६१ लाख ६८ हजार रुपैयाँको ५१७४.५७ मेट्रिक टन चक्लेट आयात भएको पाइएको हो।
जसमध्ये २ अर्ब ११ करोड ५३ लाख ८३ हजार रुपैयाँको चक्लेट आयात भएको छ भने चक्लेट बनाउने कच्चा पदार्थ (चक्लेटको धुलो, फ्याट) १२ करोड ७० लाख ८६ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकले देखाउँछ। यस्तै ३७ लाख रुपैयाँको स्ट्रेप्सिल्स चक्लेट आयात भएको विभागको तथ्यांकमा छ। उक्त चक्लेट आयात गर्दा १ अर्ब ७७ करोड ६ लाख चार हजार रुपैयाँ भन्सार शुल्क लागेको विभागको तथ्यांकमा उल्लेख छ।
यस्तै चालु आर्थिक वर्षको ९ महिनामा ४६ करोड ६५ लाख ४० हजार रुपैयाँको १४०६.५६ मेट्रिक टन चुइङ्गम आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमभ्ये सबैभन्दा बढी भारतबाट ४५ करोड २४ लाख ५८ हजार रुपैयाँको चुइङ्गम आयात भएको छ। श्रीलंका, टर्की, अमेरिका जर्मनी र बेलायत लगायतका देशबाट चुइङ्गम आयात हुने गरेको पाइएको छ। उक्त चुइङ्गम आयात गर्दा ३७ करोड ५१ लाख ९७ हजार रुपैयाँ भन्सार शुल्क लागेको विभागले जनाएको छ।
५ वर्षमा १३ अर्बको चक्लेट
आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० को अन्तरालमा नेपालले १३ अर्ब १९ करोड ३८ लाख २० हजार रुपैयाँको चक्लेट आयात भएको विभागको तथ्यांकले देखाउँछ।
आर्थिक वर्ष २०७५/७६मा २ अर्ब ८६ करोड ६४ लाख ३७ हजार रुपैयाँको चक्लेट आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७मा २ अर्ब २३ करोड ९० लाख २१ हजार रुपौयाँको चक्लेट आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ७० करोड ६४ लाख ४३ हजार रुपैयाँको चक्लेट आयात भएको थियो भने गत आर्थिक वर्ष (२०७८/७९) मा ३ अर्ब १३ करोड ५७ लाख ५१ हजार रुपैयाँको चक्लेट आयात भएको थियो। चालू आर्थिक वर्षको चैतसम्ममा २ अर्ब ११ करोड ५३ लाख ८३ हजार रुपैयाँको चक्लेट आयात भएको छ।
पाँच वर्षमा झण्डै ३ अर्बको चुइङ्गम
आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको ९ महिनासम्ममा (पाँच वर्ष) २ अर्ब ८२ करोड ४३ लाख २२ हजार रुपैयाँको चुइङ्गम आयात भएको विभागको तथ्यांकमा छ।
आर्थिक वर्ष २०७५/७६ मा ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो भने २०७६/७७ मा ५७ करोड ९७ लाख ३४ हजार रुपैयाँको आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ६२ करोड ३३ लाख ९२ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो भने २०७८/७९ मा ४३ करोड ५९ लाख ६१ हजार रुपैयाँको आयात भएको थियो। चालु आर्थिक वर्षको चैतसम्ममा ४६ करोड ६५ लाख ४० हजार रुपैयाँको चुइङ्गम आयात भएको छ।
आयात बढ्दो
आर्थिक वर्ष २०७५/७६ को चैतसम्ममा २ अर्ब २४ करोड ५४ लाख ९१ हजार रुपैयाँको चक्लेट आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७को सोही अवधिमा १ अर्ब ९४ करोड २२ लाख ३६ हजार रुपैयाँको चक्लेट आयात भएको थियो। जसअनुसार आर्थिक वर्ष २०७५/७६को तुलनामा ३० करोड ३२ लाख ५५ हजार रुपैयाँले आयात घटेको छ।
आर्थिक वर्ष २०७७/७८को चैतसम्ममा २ अर्ब १२ करोड ३ लाख ७५ हजार रुपैयाँको चक्लेट आयात भएको थियो भने आर्थिक वर्ष २०७८/७९को चैतसम्ममा २ अर्ब ३६ करोड ८५ लाख ७२ हजार रुपैयाँको चक्लेट आयात भएको थियो। जसअनुसार २४ करोड ८१ लाख ९७ हजार रुपैयाँले चक्लेट आयात बढेको देखिन्छ। यस्तै चालु आर्थिक वर्षको चैतसम्ममा २ अर्ब २४ करोड ६१ लाख ६८ हजार रुपैयाँको चक्लेट आयात भएको छ।
यस्तै आर्थिक वर्ष २०७५/७६ को चैतसम्ममा ५२ करोड ८५ लाख २१ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा ४२ करोड ६८ लाख ६९ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो।
आर्थिक वर्ष २०७७/७८को चैतसम्ममा ५३ करोड ५७ लाख ९५ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो भने आर्थिक वर्ष २०७८/७९को चैतसम्ममा ३७ करोड ६० लाख ९५ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।