काठमाडौं– बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जित नजिक पुगेका छन्।
अहिलेसम्म भएको मतगणनामा यादवले २५ हजार ६८८ मत प्राप्त गरेका छन्। दोस्रो नम्बरमा रहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले भने २२ हजार २११ मत प्राप्त गरेका छन्।
कुशवाहभन्दा यादवले ३ हजार ४ सय ७७ मतले अग्रता लिइरहेका छन्। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा यादव जित नजिक पुगेका हुन्।
तेस्रो नम्बरमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ८ हजार ३८७ मत प्राप्त गर्दा रास्वपाका रमेश खरेलले भने २ हजार ७८७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।