काठमाडौं– बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
अहिलेसम्म भएको मतगणनामा यादवले २३ हजार ९०५ मतसहित अग्रता लिएका छन्। उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले भने २१ हजार २७ मत प्राप्त गरेका छन्।
कुशवाहभन्दा यादव २ हजार ८ सय ७८ मतले अगाडि रहेका छन्
यस्तै एमालेका पुरुषोत्तम पौडेलले ७ हजार ३८६ मत पाउँदा रास्वपाका रमेश खरेलले भने २ हजार ७३४ मत प्राप्त गरेका छन्। आम जनता पार्टीका अरुण ज्ञवालीले भने २ हजार ६ सय ४८ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।