काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ मा मतगणना जारी छ।
अहिलेसम्मको मतगणनामा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। उनले २२ हजार ८९५ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले २० हजार १५२ मत पाएका छन्।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार ७१५ मत पाउँदा रास्वपाका रमेश खरेलले २६८९ र आम जनता पार्टीका अरुण ज्ञवालीले २६२३ मत पाएका छन्।
बारामा अब एक नगरपालिकाको मात्र मत गणना हुन बाँकी छन्। यस्तो अवस्थामा अग्रता लिएका यादवभन्दा कुशवाह २७४३ मतले पछाडी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।