• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

उपनिर्वाचन : माओवादीलाई हाइसञ्चो!

64x64
किशोर दहाल मंगलबार, वैशाख १२, २०८०  १८:२५
1140x725

काठमाडौं- वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा प्रतिनिधि सभाका मुख्य पाँच पार्टीहरु कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपामध्ये माओवादी केन्द्र मात्रै यस्तो पार्टी रह्यो, जसले निर्वाचनमा उम्मेदवार उठाएको थिएन। उम्मेदवारविहीनताको यो अवस्थाप्रति माओवादीकै नेता तथा कार्यकर्ताले पनि आलोचनात्मक र व्यंग्यात्मक रुपमा प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

संसदीय अंकगणितमै उथलपुथल नल्याउने भएकाले उपनिर्वाचनको मुख्य चर्चा परिणामको सांकेतिक अर्थ खोज्नमै केन्द्रित रहने परम्परा छ। अर्थात् मतदाताको पछिल्लो मनस्थिति कस्तो छ, आम निर्वाचनपछि बनेको सरकारले गरेको कामको प्रारम्भिक प्रतिक्रिया कस्तो छ, सत्तासीन पार्टीहरुले जनतामा आशा जगाउन सके वा सकेनन् भन्ने प्रश्नहरुको उत्तर नै उपनिर्वाचनको परिणाममा निहित हुने ठानिन्छ। तर माओवादी केन्द्रले यसपटक त्यो अवसर गुमाएको छ। निर्वाचनको दौरानमा ऊ एकल चर्चा गर्न लायक पार्टी पनि रहेन। अन्य ठूला पार्टीसँग जोडिएर एकसाथ गाली खाने पार्टीमा परिणत भएको देखियो।

मंसिर ४ को निर्वाचनबाट माओवादी केन्द्र तेस्रो पार्टी बनेको थियो। पछिल्लो चार महिनामा उसले फरक–फरक दुई वटा गठबन्धन बनाएर सत्ताको नेतृत्व गरिरहेको छ। यसबीचमा सरकारका तर्फबाट गरिएका कैयौं काम विवादमा परेका छन्। यस्तो सन्दर्भमा भएको उपनिर्वाचनमा सहभागी भएको भए उसलाई आत्मपरीक्षणको अवसर प्राप्त हुन्थ्यो, जुन गुमिसकेको छ। अर्कोतिर, चुनावमा भाग नै नलिएकाले चुनावी परिणामलाई समीक्षा गर्नुपर्ने, कमजोरी पत्ता लगाउने र सुधार गर्ने जस्ता झन्झटबाट पनि ऊ स्वतः मुक्त भएको छ। अनौठो हाइसञ्चोमा पार्टी फसेको छ।

माओवादी केन्द्र २०६३ माघमा तत्कालीन अन्तरिम व्यवस्थापिकाको अंग भएपछि संसदीय यात्रामा जोडिएको थियो। अब ऊ संसदीय पार्टीकै रुपमा अघि बढ्ने पनि निश्चित छ। तर, चुनाव भने सकेसम्म लड्नु नपरे हुन्थ्यो भन्ने चाहना उसमा भएजस्तो देखिन्छ। विगतदेखि अहिलेसम्म गठबन्धनका नाममा उसले आफ्ना नेताहरुलाई निर्वाचन लड्नबाट समेत गरेको वञ्चितीकरणले त्यही संकेत गर्छ।

संसदीय प्रणालीका महत्त्व दर्शाउनेहरु संसदीय पार्टीलाई संसदीय निर्वाचनको महत्त्व जीत र हारसँग मात्रै सम्बन्धित नहुने बताउँछन्। बरु मतदातामाझ आफ्नो उपस्थित देखाउने, भएका कार्यकर्तालाई पुनःजाग्रित गराउने, पार्टीको प्रचार प्रसारमा खटाएर उनीहरुलाई पार्टीप्रति थप प्रतिबद्ध बनाउने, पार्टी संगठनलाई विस्तार गर्ने, नेता तथा कार्यकर्तालाई चुनावी उम्मेदवार बन्ने अवसर सिर्जना गर्ने जस्ता अनेक सन्दर्भमा चुनावको महत्त्व हुने गर्छ। त्यो अवसर पनि माओवादी केन्द्रले गुमाएको छ।

तर माओवादी केन्द्रको नेतृत्वले उपनिर्वाचनमा उम्मेदवार नउठाउनुलाई पनि स्वाभाविक ठानेको देखिन्छ। देशका विभिन्न किसिमका संकट रहेका र अन्तर्राष्ट्रिय स्तरबाटै देशमाथि षडयन्त्र भइरहेको विश्लेषण गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपाल लाइभसँगको कुराकानीमा उपनिर्वाचनमा उम्मेदवारी नदिनुको औचित्य पुष्टि गर्ने प्रयत्न गरे।

‘गठबन्धनका बेलामा हामीले उम्मेदवार दिनैपर्छ भन्ने कुराले निरपेक्ष प्रतिस्पर्धाको दिशातिर लैजान्छ। गठबन्धनलाई प्राथमिकता दिएको बेलामा कहीँ कुनै दलले उम्मेदवारी देला, कहीँ कसले देला। सहकार्यपूर्ण धारणा त त्यस्तो होला नि। सकी नसकी, जानी नजानी, हुने नहुने गरी जबर्जस्ती ढंगले उम्मेदवारी दिनु भनेको एकले अर्कोलाई निषेध, समाप्त र ध्वंस गर्ने खालको चेतना हो। प्रतिस्पर्धाको नाममा एकले अर्कोलाई ध्वंस गर्नु हुँदैन’, उनले भने, ‘त्यो त बहुदलीय प्रतिस्पर्धाको दुरुपयोग हुनजान्छ। त्यस्तो दुरुपयोगले राष्ट्रिय अस्मितामाथि हमला बढाउँछ।’

माओवादी नेतृत्वले जस्ता तर्क गरे पनि पार्टीभित्र आलोचनात्मक चेत राख्ने नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। नेता लेखनाथ न्यौपानेले चुनावको दुई दिनअघि गत शुक्रबार फेसबुकमा माओवादीलाई हाइसञ्चो भएको भन्दै स्टाटस नै लेखेका थिए। ‘यत्रो राष्ट्रिय बहस र चर्चासहित उपनिर्वाचन हुँदैछ तर माओवादीको न उमेदवार, न चुनाव चिह्न अनि न त पार्टीको नाम नै। एउटा संसदीय पार्टी जब संसदीय चुनावमा शून्य उपस्थिति हुन्छ तब न पार्टी उँभो लाग्छ, न कार्यकर्ता नै गतिशील हुन्छन्, न त समर्थक जनता नै अडिन्छन्। क्या हाइसञ्चो?! बधाई! चितवन, तनहुँ र बाराका माओवादीका सबै नेता-कार्यकर्ताहरुलाई?!’, उनको स्टाटस थियो।

nimb
nimb
Ncell 2
Ncell 2

न्यौपानेले भने जस्तै माओवादी केन्द्र उँभो लाग्दै गरेको देखिँदैन, कार्यकर्ता गतिशील भएको देखिँदैन, समर्थन जनता अडिएको पनि देखिँदैन। पार्टी सञ्चालन पद्धति र चुनावी परिणामले ती विषय प्रष्ट पारेको छ। त्यसका लागि उसले भाग लिएका निर्वाचनहरुमा प्राप्त गरेको मत शृंखला हेर्न सकिन्छ।

पहिलो संविधान सभा निर्वाचनमा माओवादीले समानुपातिकतर्फ २९.२८ प्रतिशत (३१ लाख ४४ हजार २०४) मत मत प्राप्त गरेको थियो। दोस्रो संविधान निर्वाचनमा १५.२१ प्रतिशत (१४ लाख ३९ हजार ७२६), २०७४ को निर्वाचनमा १३.६५ प्रतिशत (१३ लाख ३ हजार ७२१)  हुँदै २०७९ को निर्वाचनमा आइपुग्दा उसले केवल ११.१३ प्रतिशत (११ लाख ७५ हजार ६८४) मत मात्रै प्राप्त गरेको छ। अर्थात् उसको ओरालो यात्रा जारी छ।

आफ्नो घट्दो जनविश्वासको अवगत माओवादी केन्द्रका नेताहरुलाई नभएको होइन। माओवादीको सुधारको प्रयत्न गर्दै छलफल थालेका एक जना नेताले केही दिनअघि केही पत्रकारहरुसँग गरेको अन्तरक्रियामा पार्टीको अवस्थाबारे विश्लेषण सुनाउँदै भनेका थिए- ‘यही पाराले चल्दैन।’

आफूहरुले व्यवस्था परिवर्तन गरेको तर अवस्था परिवर्तनका लागि ढंग नपुगेको उनको स्वीकारोक्ति थियो। ‘तर अवस्था यस्तो आयो कि, हामीले अवस्था परिवर्तन गर्छौं भनेर पत्याउने त कोही भएनन् नै, व्यवस्था परिवर्तन गरेको थियो भनेर नयाँ पुस्ताले पनि पत्याउने स्थिति नरहने भयो’, उनको भनाइ थियो।

विगतको राजनीतिक अप्ठ्यारो नदेखेको, अहिलेका ठूला पार्टीले गरेको राजनीतिक संघर्षको नदेखेको नयाँ पुस्तालाई पुराना पार्टीहरुले आकर्षित गर्न सकेका छैनन्।  उनीहरुको आश्वासन कति रसहीन र रंगहीन हुँदै गएका छन् भन्ने बुझ्न यही उपनिर्वाचनका क्रममा प्रचण्ड लगायतका नेताहरुले गरेको भाषणले नै प्रष्ट पार्छ। यही अवस्था अन्य पार्टीका शीर्ष नेताहरुको पनि छ। मतदातालाई सान्दर्भिक अपिल गर्न नसकेकै कारण निर्वाचन परिणाम यस किसिमको आएको बुझ्न कठिन छैन।

राजनीतिक विश्लेषक डम्बर खतिवडाले स्वयं प्रचण्डलाई नै माओवादी पार्टीको भविष्य नभएको महसुस भइरहेको बताए। माओवादीले उपनिर्वाचनमा उम्मेदवारी नदिएको सन्दर्भमा उनले भने, ‘माओवादी पार्टी र यसका मूल नेता प्रचण्डले भावी दिनमा यो पार्टीको भविष्य छैन र यो पार्टी आफू चलाउन सक्दिनँ, जतिञ्जेल म प्रधानमन्त्री हुन्छु, खान्छु, त्यसपछि यो पार्टी सकिए सकियोस् भन्ने ‘माइन्ड मेकअप’ गरेको देखिन्छ।’

उनले २०८४ को निर्वाचनमा अहिलेकै रुपको माओवादी पार्टी नहुने दाबी समेत गरे। ‘त्यो पार्टी चल्दैन अब। २०८४ को निर्वाचनमा देशमा माओवादी भन्ने पार्टी नै हुँदैन। कि सबै कम्युनिस्ट समूहमा एकीकृत हुन्छन्, कि कम्युनिस्ट आन्दोलन छाडेर अरु धारतिर लाग्छन्’, उनले भने, ‘प्रचण्डको नेतृत्वमा रहेको, माओवादी सिद्धान्त मान्ने र हँसिया हथौडा चुनाव चिह्न भएको अहिलेकै रुपमा माओवादी नामको पार्टी २०८४ को चुनावमा हुँदैन।’
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कुवेतबाट उद्धार गरिएकी महिलामार्फत खुल्यो ममताको धन्दा, पठाउने तयारीमा रहेका अरु ९ महिलाको काठमाडौंबाट उद्धार शनिबार, भदौ ६, २०८३
‍कोशी, बागमती, गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना शनिबार, भदौ ६, २०८३
वर्षाका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, बीपी राजमार्गमा रातिको आवागमन रोक शनिबार, भदौ ६, २०८३
के तपाईंलाई अत्यधिक भोक लागिरहन्छ? हुन सक्छ यस्तो रोगको संकेत शनिबार, भदौ ६, २०८३
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्