• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खाना पकाउने ग्यासकाे आयात घट्यो, ४४ प्रतिशत घरधुरीले मात्रै गर्छन् प्रयोग

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २१, २०८०  २०:३८
1140x725

काठमाडौं- खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको ९ महिनमा झन्डै ५० करोड रुपैयाँले घटेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ९ महिनामा (साउनदेखि चैत मसान्तासम्म) ग्यासको आयात ४९ करोड रूपैयाँ बढीले कमी भएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा ४४ अर्ब ८४ करोड ८६ लाख ५१ हजार रूपैयाँ बराबरको ३८७६३०.८१ मेट्रिक टन ग्यास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। गत वर्ष सोही अवधिमा ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रूपैयाँ बराबरको ३९५७२८ मेट्रिक टन ग्यास आयात भएको थियो। गत वर्षको तुलनामा यस वर्ष ४९ करोड ३८ लाख ६७ हजार रूपैयाँले घटेको छ।

बजारमा विद्युतको प्रयोग बढ्दै गएपछि ग्यासको खपतमा कमी भएसँगै आयात समेत खस्किन थालेको छ। ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युतीय चुल्हो (इन्डक्सन)को प्रयोग बढ्दै गएको पाइन्छ। तसर्थ ग्यासको खपतमा कमी आउनुको प्रमुख कारण इन्डक्सन चुल्होको प्रयोग बढ्नु रहेको व्यवसायीहरुको भनाइ छ। 

यस्तै नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले विद्युत आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको जानकारी दिए। 

उनका अनुसार विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रुपमा १० देखि १५ प्रतिशतले हुने गरेकामा यो वर्ष सुरुदेखि नै घट्दै गएको छ। ग्यास ३० प्रतिशत घरायसी प्रयोजन र ७० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गर्छ। अहिले काठमाडौँमा रहेका ठूला रेस्टुरेन्टमा कारोबार घटेर ५० प्रतिशत पुगेको छ। रेस्टुरेन्टको खपत कम भएकाले ग्यासमा असर देखिएको हुनसक्ने बताए। त्यसमा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुनथालेकाले पनि ग्यासको खपत घट्न थालेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशकुमार मल्लीले मुलकमा देखा परेको आर्थिक संकटका कारण होटल, रेस्टुरेन्ट, उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नहुँदा ग्यासको खपतमा कमी आएको जानकारी दिए। आर्थिक गतिविधि कम हुँदा औद्योगिक प्रयोग कम भएकाले खाना पकाउने ग्यासको माग र खपत घटेको र जाडो समयको तुलनामा गर्मीमा ग्यासको खपत समेत कम हुने बताए।

पछिल्लो समय आयात घट्दै
आर्थिक वर्ष २०७५/७६ को वैशाखमा ४२९६०९ मेट्रिक टन ग्यास आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ को वैशाखमा ४४९०६३ मेट्रिक टन आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ को वैशाखमा ४७७७५२ मेट्रिक टन ग्यास आयात भएको थियो। आर्थिक वर्ष २०७८/७९ वैशाखमा ५३६०२८ मेट्रिक टन ग्यास आयात भएको थियो। चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ३८७६३०.८१ मेट्रिक टन ग्यास आयात ग्याँस आयात भएको नेपाल आयल निगमको तथ्यांकमा उल्लेख छ।

४४ प्रतिशत घरधुरीले प्रयोग गर्छन्
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाको तथ्यांकअनुसार मुलुकभर खाना पकाउन ४४.३  प्रतिशतले एलपी ग्यास प्रयोग गर्ने गरेको पाइन्छ। सहरीकरण बढेसँगै गाउँगाउँमा ग्यासको प्रयोग बढ्दै गएको छ। यस्तै मुलुकभर ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशत परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन्। कुल दुई करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ६६ लाख ६० हजार ८४१ घरपरिवारले ४४.३ प्रतिशत एलपी ग्यास, ०.५ प्रतिशत बिजुली, दाउरा ५१ प्रतिशत, गुइँठा/गोहरा २.९ प्रतिशत, बायोग्यास १.२ प्रतिशत, मट्टितेल प्रयोगकर्ता ०.०५ प्रतिशत, ९२.२ घरपरिवारले बत्ती बाल्न विद्युत प्रयोग गरेको देखाएको छ। अन्य इन्धन ०.१ प्रतिशत प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ। 

Xtrem
Xtrem

२०६८ को जनगणनाअनुसार २१ प्रतिशत परिवारले मात्रै एलपी ग्यास प्रयोग गर्ने गरेका थिए। ६४ प्रतिशत घरपरिवारले खाना पकाउन दाउरा प्रयोग गर्थे। १०.३८ प्रतिशत घरपरिवारले गुइँठाको प्रयोग गर्ने गरेको देखाएको थियो। खाना पकाउन बिजुली प्रयोग गर्ने परिवार ०.०८ प्रतिशत मात्रै थिए। यस्तै ६७.२ प्रतिशत घरपरिवारले मात्रै विद्युत प्रयोग गर्ने गरेको देखिएको थियो।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपै... शनिबार, असोज १०, २०८३
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । शुक्रबार, असोज ९, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु शनिबार, असोज १०, २०८३
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए शनिबार, असोज १०, २०८३
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा शनिबार, असोज १०, २०८३
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
जलवायु वित्त र वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको सहभागिताबारे कार्यशाला सम्पन्न शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्