काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ ९ गतेदेखि कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको हो।
कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक विषय समूहतर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७२/७४/७५/७६ भएका) को वार्षिक परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरी हुने जनाएको छ।
परीक्षा जेठ ९ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ। तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नहुने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ।
त्यसैगरि कुनै आकस्मिक बिदा पर्न गएमासमेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।