काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले सरकारको अगामी बजेटका बारेमा कांग्रेस संसदीय दलमा छलफल गरेका छन्। संसदीय दलको कार्यालयमा मंगलबार बिहान बसेको बैठकमा अर्थमन्त्री महतले बजेट निर्माणमा भइरहेका कामहरुको बारेमा पार्टी संसदहरुलाई ब्रफिङ गरेका थिए। बैठकमा कांग्रेस संसदहरुले बजेट बारेमा आफ्ना सुझावहरु दिएका छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बजेटको सिद्धान्त, प्राथमिकता र आधारहरुबारे अर्थमन्त्रीले जानकारी गराएपछि सांसदहरुले आफ्ना सुझावहरु दिएका हुन्। कांग्रेसका अधिकांश संसदले नयाँ बजेटमा जनतालाई राहत र सेवा-सुविधामा नयाँपन महसुस हुने गरी बजेट ल्याउन सुझाव दिएका छन्।
कांग्रेस संसदीय दलको बैठकमा सासद् विकास कोषको बजेट बारेमा समेत कुरा उठेको छ। अर्थमन्त्रीले हिजो सोमबार पनि पार्टीका संसदहरुसँग नयाँ बजेटका बारेमा छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।