काठमाडौं- नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्ध दायर भएको बलात्कारको मुद्दामा सुनुवाइ सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा उनको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा सहस सुरु भएको हो।
सुरुमा पीडितका तर्फबट बहस हुनेछ। पीडितसँगै सरकारी वकिलले बहस गरेपछि लामिछानेका कानुन व्यवसायीले वचाउमा बहस गर्नेछन् । उनीहरुको बहसपछि सरकारी पक्षले जवाफी बहसको समय पाउनेछन्। यी सबैको बहसपछि अदालतले फैसला सुनाउनेछ।
लामिछाने भने एसीसी प्रिमियक कप खेलिरहेका छन्। एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा लामिछाने विरुद्ध जिल्ला अदालतले सुरुमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। उनी त्यस विरुद्ध उच्च अदालत पाटन पुगे। उच्चले उनलाई सर्तसहित धरौटीमा रिहा गरेको थियो।
उच्चको निर्णय विरुद्ध लामिछाने सर्वोच्च पुगेको थिए। सर्वोच्चले उनलाई विदेश खेल्न जाने बाटो समेत खोलेको थियो।
जिल्लाले दोषी ठहर गरेमा उनी जेलमा बस्नु पर्नेछ। सफाइ दिएमा भने उनी क्रिकेट खेल्न सक्रिय हुन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।