काठमाडौं। नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा जापानलाई १५० रनको विशाल लक्ष्य दिएको छ।
समूह ‘ए’ को खेलमा नेपालले जापानविरुद्ध निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको हो। नेपालको इनिङ्स सकिएपछि वर्षाका कारण खेल ढिलो भएको छ।
नेपालका सन्दीप जोरा ५७ रन बनाएर अविजित रहे। उनले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। लोकेश बमले २२ बलमा ५२ रन बनाएर अविजित रहँदा १ चौका र ६ छक्का प्रहार गरे।
दुई ब्याटरले पाँचौँ विकेटका लागि आक्रामक साझेदारी गर्दै नेपालको स्कोर १४९ सम्म पुर्याए।
यसअघि आसिफ शेखले १५ बलमा २१ रन बनाए। कुशल भुर्तेल ४, कुशल मल्ल २ तथा गुल्सन झाले २ रनमा आउट भए।
जापानका रेओ साकुरानो–थोमस, जेक कुसुडा–नायर्न, डेक्लान सुजुकी र इब्राहिम ताकाहासीले समान १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।