फिदिम– पाँचथरको फिदिम नगरपालिका–१० को नागिनमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको याङनाम फालौट सडकखण्ड अन्तर्गत पर्ने उक्त क्षेत्रमा भ्यान एक्कासी दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। फालेलुङ–८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। फालेलुङ–८ लुवाफुदेखि फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको भ्यान दुर्घटनामा परेको हो।
घाइते हुनेहरुमा फालेलुङ–८ का वडासदस्यसमेत रहेका चालक छवि अधिकारी, हिलिहाङ–७ का धनबहादुर रसाइली, याङबरक–५ की निर्मला केरुङ, फालेलुङ–८ कै पूर्णबहादुर जबेगु र ठेगाना नखुलेका २५ वर्षीय अच्यूत केरुङ रहेका छन्। प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।