काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको दाबी गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको दाबी गरे। उनले भने, ‘सरकारले तत्कालीन समस्या समाधानका उपायहरु खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउँछ।’
सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित गरेको उनले बताए। गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको उल्लेख गरे।
सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताए। उनले भने, ‘सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी समृद्धिको यात्रा तय गर्छ। त्यसमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको छ। वर्तमान अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षहरुसँग गम्भीर छलफलको सुरुवात गरेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।