काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ५०० रुपैयाँले घटेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ४५० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार भने छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य २५० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्यमा भने कुनै फेरबदल नआएको महासंघले जनाएको छ। बुधबार जस्तै बिहीबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।