काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको कार्यालयले समयमा ठेक्का नसकेका उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ।
एसएस कन्ट्रक्सन, धुलिखेल युनिकर्ण जेभी र फेव नेपाल प्रालि लगायतलाई ३ वर्ष देखि १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। सार्वजनिक खदिर कार्यालयले एस एस कन्ट्रक्सनलाई ३ वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ।
पाँचथरको हिलिहाङ गाउँपालिकाको कार्यालयले गरेको सिफारिसका आधारमा शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एसएएस कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको हो।
यसैगरी शंकरमाली निर्माण सेवा प्रालि, नागार्जुन कन्स्ट्रक्सन प्रालि, वाईपी कन्स्ट्रक्सन प्रालि र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई १ वर्ष ३ महिना कालोसूचीमा राखिएको छ। अन्य कम्पनीहरु भने १ वर्षका लागि कालोसूचीमा परेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।