बारा– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन्।
बुधबार साझ अमलेखगञ्ज स्थित नेपाल आयल निगमको भण्डारण डिपो अनुगमन गर्दै मन्त्री रिजालले भण्डारण तथा इन्धन ढुवानीमा संवेदनशील हुनुपर्ने बताएका हुन्।
पेट्रोलियम पदार्थ तथा भण्डारणमा आइपर्नसक्ने भावि समस्या आउनै नदिनेतर्फ सचेत रहेर सोही अनुरुप काम गर्नुपर्ने बताउँदै उनले अहिले पनि केही समस्या देखिएको भए तत्काल समाधान गर्न निर्देशन दिएका छन्।
अनुगमनको क्रममा डिपोको कर्मचारीहरुले मोतिहरी–अमलेखगञ्ज पाइप लाइन र अन्य अवस्थाबारे मन्त्री रिजाललाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।