काठमाडौं– पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से बुधबार सामान्य वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक १५.१३ अंक बढेर १९२०.१२ बिन्दुमा पुगेको छ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंले बढेको छ। बुधबार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्से सामान्य बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबारमा ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबर भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।
जसमा विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। तर म्युचुअल फण्ड उपसमूहको परिसूचक भने घटेको छ। बुधबार नेप्सेपरिसूचक सामान्य बढेसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
जसमा कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर यता, आदर्श लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज स्वावलम्वन लघुवित्तको कम्पनीको यस दिन ८ करोड ८३ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।