काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। सोमबार पनि आइतबारको जस्तै दररेटमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ छ। यसअघि आइतबार पनि छापावाल र तेजाबी सुनको कारोबार सोमबारकै मूल्यमा भएको थियो।
आइतबार भने छापावाल सुनको मूल्य ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ७५० रुपैयाँले घटेको थियो।
सोमबार चाँदीको मूल्य पनि यथावत् रहेको छ। आइतबारजस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितला १ हजार ४५० रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।