• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यसकारण नियुक्त भए परराष्ट्रमन्त्री

64x64
नवीन झा आइतबार, वैशाख ३, २०८०  १८:०६
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरे। उनले आफ्नो मन्त्रीमण्डलमा एक मन्त्री र एक राज्यमन्त्री थपे। उनले नेपाली कांग्रेसका नेता तथा  सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरे। 

राष्ट्रपति भवन शीतल निवासमा आइतबार दिउँसो भएको सपथ समारोहमा परराष्ट्रमन्त्री साउदले राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री चपाईंले प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको सपथ लिए।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आइतबार नै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरिसकेका छन्। प्रधानमन्त्री प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि यसले पूर्णता भने पाएको छैन। प्रधानमन्त्री प्रचण्डले अझै चार मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्। 

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुरुको दुई महिना एमाले, राप्रपासहितको सात दलको सहभागितामा आफ्नो मन्त्रिपरिषद् चलाएका थिए। जसमा परराष्ट्रमन्त्री एमालेबाट डा विमला राई पौड्याल थिइन्। तर, फागुन १५ गते एमाले सरकारबाट बाहिरिएपछि प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालय नेतृत्वविहीन थियो।

२५ फागुनमा भएको राष्ट्रपति निर्वाचनसँगै पुन: माओवादी र कांग्रेसहितको पुरानै समीकरण ब्युँतियो। त्यसपछि लामो समयसम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्। १७ चैतमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे। त्यतिबेला प्रधानमन्त्रीले आफूसँग राखेको पाँच मन्त्रालयमध्ये आइतबार एक मात्र मन्त्रालयमा मन्त्री थपिए। सत्तारुढ दलहरूबीच भएको समझदारी अनुसार कांग्रेसले अझै ३ मन्त्रालय र जसपाले एक मन्त्रालयको जिम्मेवारी पाउने छन्। 

प्रधानमन्त्री प्रचण्डले आइतबार परराष्ट्रमन्त्री नियुक्त गर्नुअघि शनिबार सत्तारुढ दलका केही प्रमुख शीर्ष नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणको तयारीका लागि पनि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने अवस्था रहेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई परराष्ट्रमन्त्री सिफारिस गर्न आग्रह गरेका थिए। त्यसपछि कांग्रेस सभापति देउवाले साउदलाई उक्त जिम्मेवारी दिन प्रधानमन्त्रीलाई भनेका थिए। 

सत्तारुढ दलहरूको शनिबारको छलफलमा प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेअनुसार के उनको भारत भ्रमणकै लागि परराष्ट्रमन्त्री नियुक्त भएका हुन् त? यो कुराको संकेत नवनियुक्त परराष्ट्रमन्त्री साउदले पनि गरेका छन्।

आफ्नो कार्यभार सम्हाल्ने क्रममा नवनियुक्त परराष्ट्रमन्त्री साउदले बाहिर चर्चामा रहेको प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पनि आफ्नो मन्त्री बन्नुको एउटा कारण रहेको बताए। उनले परराष्ट्र मन्त्रालयका सचिवसहित कर्मचारीहरूले प्रधानमन्त्रीको भारत भ्रमणबारे गरिरहेको गृहकार्यको ब्रिफिङ लिएर आफू त्यसमा लाग्ने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण वैशाखको अन्तिम हप्तामा हुने गरि नेपाल र भारत दुवैतिर गृहकार्य सुरु भइसकेको छ। अघिल्लो हप्ता मात्रै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेका छन्।

गत सोमबार भारतीय राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तोपत्र सुम्पेका थिए। प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिनुअघि भारतीय राजदूत श्रीवास्तव दिल्ली गएर त्यहाँ नेपाली प्रधानमन्त्रीको भ्रमणबारे छलफल गरेका थिए। त्यसपछि काठमाडौं फर्किएका उनले प्रधानमन्त्री प्रचण्डलाई औपचारिक निम्तो दिएका हुन्।

हुन त १० पुसमै प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय राजदूत श्रीवास्तव र भारतीय विदेशसचिव विनयमोहन क्वात्राले फोन गरेर बधाई दिँदै भारत भ्रमणको अनौपचारिक निम्तो दिएका थिए। पछि भारतीय प्रधानमन्त्री मोदीले पनि प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना सन्देश पठाएका थिए। प्रचण्डले भने प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै एउटा भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने बताएका थिए। 

यसरी हेर्दा नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अघि बढाइसकेको देखिन्छ। त्यसकारण दबाबमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। 

Xtrem

Xtrem

परराष्ट्रजस्तो महत्त्वपूर्ण मन्त्रालयमा नेतृत्व नदिँदा प्रधानमन्त्री प्रचण्डको आलोचना हुँदै आएको थियो। अहिले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला हुने छलफल र अजेन्डामाथि नै गृहकार्य चलिरहेको छ। भारतीय पक्षले नेपालको रक्सौलदेखि काठमाडौंसम्मको रेलमार्ग बनाउने सम्झौता यो पटक गर्न चाहेको छ। भारतमा सत्तारुढ दल रहेकाे भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले समेत प्रचण्डको भारत भ्रमणको तयारीस्वरुप छलफल गर्न मंगलबार काठमाडौं आउन लागेका छन्। 

आइतबार नै एउटा धार्मिक कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका चौथाइवाले मंगलबार काठमाडौं आएपछि प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतहरूसँग भेटेर भ्रमणबारे छलफल गर्ने बताइएको छ। अजेन्डा र विषयतगत छलफलमा परराष्ट्रमन्त्रीको महत्त्वपूर्ण भूमिका भएकाले प्रधानमन्त्री प्रचण्डले आइतबार पराष्ट्रमन्त्री नियुक्त गरेका उनको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार बसेको मन्त्रिपरषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा सोमबार प्रतिवेदन पेस गर्दै शर्माले नेपाली राजनैतिक संस्कृतिमा भएको क्षयको यो सबैभन्दा दुःखद उद... सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्