काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज (आइतबार) पद्भार सम्हाल्ने भएका छन्।
चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन्।
वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार चन्द्र ढकाल महासंघको अध्यक्ष भएका छन्। यस्तै, निर्वाचनबाट अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका छन्।
अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहितले आइतबार बिहान ११ बजे पद्भार सम्हाले कार्यक्रम रहेको छ। नवनिर्वाचित पदाधिकारीको कार्यकाल ३ वर्षको हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।