• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३, २०८०  ०८:२८
1140x725
प्रतिकात्मक तस्बिर

स्किजोफ्रेनिया अर्थात् सिजोफ्रेनिया एक किसिमको गम्भीर मानसिक समस्या हो। स्किजोफ्रेनिया भएपछि नचाहिने सोचहरू आउने, हुदैं नभएको चिजहरु देखे जस्तो लाग्ने र कसैले बोलाए जस्तो लाग्ने हुन्छ। यो समस्या भएपछि मानिहरुले आफैलाई हानी पुग्ने कामहरू गर्न सुरु गर्छन। स्किजोफ्रेनियामाभ्रम,मतिभ्रम र अनौठो व्यवहार देखिन्छन्। यसले मानिसको दैनिक जीवनमा बाधा पुर्यागउँछ। स्किजोफ्रेनिया भएको व्यक्तिलाई जीवनभर उपचार चाहिन्छ। प्रारम्भिक उपचारले भने गम्भीर जटिलताहरू नियन्त्रणमा राख्न मद्दत गर्छ। 

लक्षण
स्किजोफ्रेनिया भएका फरकफरक व्यक्तिमा फरकफरक लक्षणहरू देखिन्छन्। तर सामान्यतया भ्रम र मतिभ्रम यसका मुख्य लक्षणहरू हुन्। आममानिसहरुमा हेलुसिनेशन (मतिभ्रम) नै स्किजोफ्रेनिया हो भन्ने भ्रम छ। तर मतिभ्रम स्किजोफ्रेनियाको एउटा लक्षण मात्रै हो। लक्षणहरू समयसँगै सामान्य र गम्भीर हुन सक्छन्।

भ्रम- स्किजोफ्रेनिया भएकाहरू वास्तविक चिजहरुमा विश्वास नै गर्दैनन्। उनीहरु कसैले आफुलाई हानी गर्दै छ वा दुख दिईरहेको छ भन्ने मान्छन्। जस्तो, ठूलो विपत आऊँदै छ भन्ने सोच्ने, कसैले आफुलाई मार्दै छ भन्ने सोच्ने वा आफू शक्तिशाली हुँ भन्ने अनुभूति गर्ने।

मतिभ्रम- स्किजोफ्रेनिया भएकाहरुलाई हुदैं नभएको आवाज सुन्नु, कसैले बोलाए जस्तो लाग्नु, हुदैं नभएको वस्तुहरु देखे जस्तो लाग्नु हुन्छ। यस्तो हुँदा कुनै पनि कुरामा विश्वास गर्न गारो मान्ने, ध्यान केन्द्रित गर्न नसक्नु तथा कुनै निर्णय लिन गाह्रो हुन्छ। 

अव्यवस्थित बोली- स्किजोफ्रेनिया भएका मान्छेहरु कुनै पनि कुरामा राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्। कुनै पनि प्रतिक्रिया जनाउँदा अनुहार भावविहीन हुने गर्छ। उनीहरु कुनै पनि प्रश्नको पूर्ण जवाफ दिन समेत सक्दैनन्। कसैकसैले अर्थहीन कुरा गरेर जिद्दी गर्ने समेत गर्छन्। 

असामान्य व्यवहार- यस्ता व्यक्तिहरुले एकदमै असामान्य व्यवहार देखाउन सक्छन्। अनुपयुक्त आसनमा बस्दिने,कुनै कुरामा आवश्यक भन्दा बादी प्रतिक्रिया दिने कुनैमा प्रतिक्रिया नै नदिने जस्ता।

नकारात्मक लक्षणहरू- व्यक्तिले आफ्नो सरसफाइलाई बेवास्ता गर्ने,कसैसंग पनि सिधा भएर बोल्न नसक्ने गर्न थाल्छ। जसले गर्दा दैनिक कामहरुमा वाधा पुग्छ। कुनै पनि चिजमा सन्तुष्ट हुन छोड्छ र आफैलाई हानी पुर्याउन सक्छ।

स्किजोफ्रेनिया पुरुषहरूमा सामान्यतया २० वर्षको उमेरदेखी सुरु हुन्छ भने महिलाहरुमा २० वर्ष सकिँदै गर्दा सुरु हुन सक्छ। बच्चाहरू र ४५ वर्ष उमेर कटेकाहरुलाई भने स्किजोफ्रेनिया खासै देखिने गरेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

किशोरकिशोरीहरूमा स्किजोफ्रेनिया
किशोरकिशोरीहरूमा हुने स्किजोफ्रेनियाका लक्षणहरू वयस्कहरूमा जस्तै हुन्छन्।  तर अवस्था पहिचान गर्न गाह्रो हुन सक्छ। 
-साथीभाई र परिवार कसै सँग बस्न नखोज्ने
-पढाईमा मन नलगाउने
-निन्द्रामा समस्या
-झर्को मान्ने वा चिडचिडापन बढ्ने
-कुनै कुरामा ध्यान केन्द्रित बनाउन नसक्ने
-यस्तो अवस्थामा किशोरकिशोरीहरूले गाँजा जस्ता चिजको प्रयोग गर्ने सम्भावना बढी हुन्छ जसले भिजुअल हेलुसिनेशन हुन सक्छ। 

कारण
स्किजोफ्रेनिया के कारणले हुन्छ भन्ने अहिले सम्म पत्तो लागेको छैन। तर अनुसन्धानकर्ताहरू वंशानुगत,मस्तिष्क रसायन र वरपरको वातावरणले गर्दा यो समस्या निम्तिन सक्छ। 

डोपामाइन र ग्लुटामेट भनिने न्यूरोट्रान्समिटरहरू सहित केही प्राकृतिक रूपमा हुने मस्तिष्क रसायनहरूको समस्याले स्किजोफ्रेनियाको विकासमा मदत गर्न सक्छ। न्यूरोइमेजिङ अध्ययनहरूले स्किजोफ्रेनिया भएका मानिसहरूको मस्तिष्क संरचना र केन्द्रीय स्नायु प्रणालीमा भिन्नता देखाउँछ। यद्यपि खोजकर्ताहरू यी परिवर्तनहरूको महत्त्वको बारेमा निश्चित छैनन्, तिनीहरूले स्किजोफ्रेनिया मस्तिष्कसँग सम्बन्धित रोग हो भन्ने गर्छन्।

-अधिकांश मानिसमा वंशाणुगत गुणका कारण स्किजोफ्रेनिया हुने गर्छ। यदि, आमाबुबामा सिजोफ्रेनिया छ भने बच्चामा पनि हुने सम्भावना अधिक रहन्छ।

-लागु पदार्थ सेवन तथा औषधिको दुरुपयोगका कारण पनि मतिभ्रम भएर स्किजोफ्रेनिया हुन सक्छ।

-केही गर्भावस्था र जन्मजात जटिलताहरू, जस्तै कुपोषण वा अन्य भाइरसहरूको जोखिमले मस्तिष्कको विकासलाई असर गर्न सक्छ र स्किजोफ्रेनिया हुन सक्छ।

-मानसिक रोगलाई सहज नमान्ने वातावरणको कारण पनि स्किजोफ्रेनियाको विकास हुन सक्छ।

डाक्टरकोमा कहिले जाने?
स्किजोफ्रेनिया भएका व्यक्तिहरूलाई डाक्टरकोमा जानुपर्छ भन्ने चेतना नहुन पनि सक्छ। त्यसैले आफुलाई यस्ता समस्या देखिएमा परिवार वा साथीभाईलाई सेयर गर्नुपर्छ जसले डाक्टरकोमा जान पनि सहयोग मिल्न सक्छ। स्किजोफ्रेनिया हुँदा आत्महत्याको विचार आउने हुनाले पनि सबै समस्याहरू अर्को व्यक्तिसँग सेयर गर्न जरुरि हुन्छ।

जटिलताहरू
समयमा उपचार नगर्दा स्किजोफ्रेनिया जीवनको हरेक क्षेत्रलाई असर गर्ने गम्भीर समस्याहरू निम्त्याउन सक्छ। स्किजोफ्रेनियाले निम्त्याउन सक्ने सक्ने जटिलताहरू निम्न छन्;

-आत्महत्याको विचार, आत्महत्याको प्रयास वा आत्महत्या 
-डिप्रेसन
-रक्सी वा अन्य लागु पदार्थको दुरुपयोग
-काम गर्ने ठाउँमा अनुपस्थित या असक्षमता
-आर्थिक समस्या
-स्वास्थ्य सम्बन्धी अन्य समस्याहरू
-रिस या चिन्ता बढ्ने

रोकथाम/ उपचार
स्किजोफ्रेनियालाई रोक्नको लागि कुनै निश्चित तरिका छैन। तर पनिसमयमा काउन्सिलिङ र साइकोथेरापी गर्न जरुरि हुन्छ। आफूलाई सकारात्मक राख्ने कोसीस गर्ने, धेरै नसोच्ने र दैनिक जीवनशैलीमा ध्यान दिएमा स्किजोफ्रेनिया फेरि हुन वा बिग्रनबाट मद्दत मिल्न सक्छ। आवश्यक परेमा डाक्टरको सल्लाहमा औषधि समेत खानुपर्छ। 

स्किजोफ्रेनिया भएकाहरूलाई कसरी सहायोग गर्ने?
यदि तपाईंले चिनेको कसैलाई स्किजोफ्रेनियाको लक्षणहरू देखिएको छ भने उक्त व्यक्तिसँग कुरा गर्नुहोस्। उसलाई प्रोत्साहन र समर्थन गर्नुहोस्। तपाईंको काउन्सिलिङ र समय मात्रै उक्त व्यक्तिलाई पर्याप्त नहुन सक्छ। त्यसैले आवश्कता अनुसार उसलाई मानसिक रोग विशेषज्ञ वा काउन्सिलर सँग भेट गराउन मदत गर्नुहोस्। उसको कुरा सुन्दिनुहोस् र उसको ख्याल राख्नुहोस्। 


(मायो क्लिनिक डट ओआरजी)

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्