काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। बुधबार भएको निर्वाचन वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका थिए।
उमेशलाल पछि हट्न तयार भएपछि श्रेष्ठले सर्वसम्वत वरिष्ठ उपाध्यक्ष हुन पाएका हुन्। उनी अर्को कार्यकालमा अध्यक्ष हुने छन्। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वत: अध्यक्ष भएका छन्।
उनी पनि सर्वसम्वत रुपमा वरिष्ठ उपाध्यक्ष भएका थिए। पहिलो चरणबाट रामचन्द्र संघाईं बाहिरिएपछि २ बजेका लागि दोस्रो चरणको निर्वाचन तय भएको थियो। त्यसअघि पूर्व अध्यक्षहरुले सहमतिका लागि प्रयास गरेका थिए। दुवै आकांक्षीहरुलाई सँगै राखेर उनीहरुले सहमति गराएका हुन्।
पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ। सोही व्यवस्था वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघाईले ३०.४६ प्रतिशत मत, अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत र उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।