काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका ३ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
जारी मतगणनाअन्तर्गत एसोसिएट तर्फको १ हजार ५०० मत गणना हुँदा रामचन्द्र संघईले अग्रता कायम राखेका छन्। उनलाई अर्का उम्मेदबार अञ्जनकुमार श्रेष्ठले पछ्याइरहेका छन्।
संघाईले ५७९ मत पाउँदा श्रेष्ठले ५०९ मत पाएका छन्। त्यस्तै अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले ३९६ मत पाएका छन्। जिल्ला र नगरलगायत क्षेत्रको मत गणना गर्न भने बाँकी छ।
हालसम्मको मत हेर्दा वरिष्ठ उपाध्यक्ष चयनका लागि दोस्रो चरणको निर्वाचनमा जानुपर्ने देखिएको प्रमुख निर्वाचन अधिकृत लिलामणि पोखरेलले बताए। ‘निर्वाचन दोस्रो चरणमा जाने निश्चित भएको छ,’ पोखरेलले भने,‘हामी मत गणनासँगै दोस्रो चरणको निर्वाचनको तयारीमा छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।