काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। बुधबार सम्पन्न चुनावबाट उनी निर्वाचित भएका हुन्।
वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका ढकालले ६१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मनिषलाल प्रधानले भने ५२ मत ल्याएका छन्। अर्का उम्मेदवार शकुन्तलाल हिराचनले ७ मत ल्याएका छन्।
महासंघको निर्वाचनमा तीनवटै उपाध्यक्ष वस्तुगत तर्फ उपाध्यक्ष उठाएका थिए। वस्तुगत तर्फका सदस्यको मतगणना यसअघि नै सम्पन्न भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।