काठमाडौं– उद्योग वाणिज्य महासंघको प्रदेश सदस्यतर्फको परिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले सातवटै प्रदेश तर्फको सदस्यको मतपरिणाम सार्वजनिक गरेको छ।
मधेश प्रदेशबाट सदस्यतर्फ अरुण प्रधान विजयी भएका छन् भने कोशी प्रदेशमा नरेन्द्र खड्का विजयी भएका छन्। यस्तै कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएका छन्।
यस्तै बागमती प्रदेशमा सविन श्रेष्ठ विजयी भएका छन्। अन्य प्रदेशका सदस्य यसअघि नै निर्विरोध निर्वाचन भइसकेका छन्। महासंघको कार्यसमितिमा हरेक प्रदेशबाट एक/एक जना केन्द्रीय सदस्य चुनिने प्रावधान रहेको छ।
प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।