काठमाडौं– उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ। वरिष्ठ उपाध्यक्षबाट मतगणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले बताए।
कमलादीस्थित प्रज्ञा भवनमा वस्तुगततर्फको मतगणना सुरु भएको हो। एसोसिएट र जिल्ला/नगरको भने केहीबेरमा गणना सुरु हुने पौडेलले बताए। वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार मैदानमा छन्। अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन्।
पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।