काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनको मतगणना अहिले ८ बजेबाट सुरु हुने भएको छ। महासंघको ५७ औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्षसहित नयाँ समिति निर्वाचन मार्फत चयन हुँदै छ।
यसका लागि वरिष्ठ उपाध्यक्षमा ३ जना समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई समूह बनाएर चुनावी मैदानमा छन्।
कति खस्यो मत?
बुधबार काठमाडौंस्थित प्रज्ञाभवनमा भएको मतदान बिहान १० बजेदेखि ६ बजेसम्म थियो।
उक्त समयमा एसोसिएटतर्फ १ हजार ६४९ मत खसेको छ। त्यस्तै, जिल्ला–नगरतर्फ ११७ र वस्तुगततर्फ १२३ मत खसेको निर्वाचन अधिकृत कार्यलयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।