बैतडी– जिल्लाको सिगास गाउँपालिका–२ मा बालुवा खानीमा पुरिएर दुईजनाको मृत्यु भएको छ। बालुवा खानीमा पुरिएर घाइते भएका ६२ वर्षीय सालिभान सिंह धामीको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
मंगलबार साँझ ७ बजेको समयमा सिगास गाउँपालिका २ को धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर सोही वडाकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो।
यौसँगै उक्त घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ। ढिस्कोमा पुरिएर घाइते भएका क्रमान सिंह धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बालुवा निकाल्न गएका अन्य ३ जना सकुसल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।