काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ८ महिना सकिदासम्म पुँजीगत खर्च १ खर्ब पनि पुग्न सकेको छैन।
फागुन मसान्तसम्म पुँजीगत खर्च जम्मा ८४ अर्ब २६ करोड मात्र भएको छ। चालु आर्थिक वर्षमा करिब ३ खर्ब ८० अर्ब पुँजीगत खर्च गर्ने सरकारले लक्ष्य राखेको थियो।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको फागुन मसान्तसम्मको आर्थिक तथा वित्तिय प्रतिवेदन अनुसार चालुतर्फ ६ खर्ब ८ अर्ब, पुँजीगततर्फ ८४ अर्ब २६ करोड र वित्तिय व्यवस्थातर्फ ८६ अर्ब १३ करोड खर्च भएको उल्लेख छ।
त्यसअघि माघ मसान्तसम्म ६६ अर्ब ३० करोड पुँजीगत खर्च भएको थियो।
राष्ट्र बैंकको प्रतिवेदनको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।