काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक स्थिति अंकमा सुधार भए पनि समाजले सुधारको फिल मात्र गर्न नपाएको भन्दै केही समयमा आर्थिक अवस्था सहज हुने दाबी गरेका छन्।
मंगलबार पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बजारमा लिक्विडिटी सहज भयो भने आफैं ब्याजर घट्ने र लिक्विडिटी बढे आफै बढ्ने बताए। राष्ट्र बैंकले ४:४ को स्प्रेड तोकेको भन्दै यो भन्दा धेरै बैंकहरुले नराखेको दाबी गरे।
बैंकले दिने ऋण र सर्वसाधारणको बचतमा ब्याज पाउनेबीमा ४:४ प्रतिशत हुने भन्दै ब्याज बढेपछि घटे पनि बैंकले यहीमात्र पाउने दाबी गरे। ब्याज घटेको फाइदा ऋणदातालाई मात्र हुने उनको तर्क छ।
स्थिति हेर्दा सुध्रेको देखिएको भन्दै उनले गर्वका साथ आफूले अर्थतन्त्र सुधारतिर लगेको दाबी गरे। उनले कुनै समय निन्द्रा नलाग्ने अवस्थावाट अहिलेको अवस्थामा आएको जिकिर गर्दै पाकिस्तानजस्तो अवस्था नभएको दाबी गरे।
राष्ट्र बैंकप्रति भरोसा र आशा राखेकोमा आफूलाई खुशी लागेको भन्दै गभर्नर अधिकारीले १३ प्रतिशत ब्याजमा कर्जा नपुगेको अवस्था विगतमा पनि भएको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।