काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ।
चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै बुधबार राष्ट्र बैंकले उक्त तथ्य उल्लेख गरेको छ।
‘समीक्षा अवधिसम्म शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो,’ प्रतिवेदनमा उल्लेख छ। माघ मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा थियो।
के हो शोधनान्तर स्थिति?
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो। शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ।
नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थितिसम्बन्धी विवरण मासिक रूपमा प्रकाशन गर्ने गरेको छ। शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।