काठमाडौं– राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन महिनामा मात्र वैदेशिक रोजगारका लागि करिब ३७ हजारले श्रम स्वीकृति लिएका छन्।
चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक तथा वित्तिय अवस्थाबारे तयार गरिएको प्रतिवेदन अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ। त्यस्तै, सोही अवधिमा पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या भने १ लाख ९२ हजार ५५९ पुगेको छ।
राष्ट्र बैंकको सोही प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ लाख १४ हजार ७६७ ले श्रम स्वीकृति लिएका थिए। त्यस्तै, १ लाख ६७ हजार ७०८ ले पुन: श्रम स्वीकृति लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।