काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र बलियो बन्दै गएको भन्दै सानातिना धक्काले असर नगर्ने घोषण गरेका छन्।
खस्कँदो अर्थतन्त्र सुधारउन्मुख रहेको भन्दै उनले दाबी गरेका हुन्। वर्तमान आर्थिक र वित्तीय स्थितिबारे राष्ट्र बैंकका गर्भनर अधिकारीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
‘समग्रमा हाम्रो वित्तीय संस्थाहरू सुरक्षित छन्। साउन्ड छ। र, सानोतिनो धक्काले कहीँकतै अप्ठ्यारो पर्ने अवस्था हामी देख्दैनौँ,’ अधिकारीले भने, ‘हाम्रो बजार अभ्यास र नियमाक निकायको महत्त्वपूर्ण योगदान रहेको छ। बैंक तथा वित्तीय संस्थाको पुँजी प्रयाप्तता हामीले नियमाकिय हिसाबले तोकेको न्यूनतम आवश्यक अनुपात भन्दा बढी नै रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।