काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन्।
काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन। यो कुरामा सरकार स्पष्ट छ। के कस्तो सुधार गर्नु पर्छ त्यसको लागि सरकार तयार छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
यस्तै, प्रचण्डले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाँडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।