काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभा सुरु भएको छ। दुई दिन चल्ने यो साधारण सभाबाट वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्व चयन हुनेछ।
काठमाडौंको होटल याक एण्ड यतीमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साधारण सभाको उद्घाटन गरेका हुन्।
उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको उल्लेखेनीय योगदान रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि जाहेर गरेका छन्।
उद्घाटन सत्रपछि अपराह्नदेखि बन्द सत्र सुरु हुँदै छ। त्यस्तै, बुधबार वरिष्ठ उपाध्यक्षसहितको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वत: अर्को कार्यकालको अध्यक्ष हुने प्रवाधान रहेको छ।
वरिष्ठ उपाध्यक्षमा लागि उद्योगीहरू उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई समूह बनाएर प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।