काठमाडौं- अनुगमनका क्रममा व्यवसायी पक्राउ परेको विरोधमा कारोबार ठप्प पार्दा कालिमाटीस्थित तरकारी तथा फलफूल बजार आज सुनसान भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले सोमबार बिहान गरेको अनुगमनका क्रममा व्यवसायीले अवरोध गरेका थिए। सो क्रममा नेपाल फलफूल तथा सरकारी व्यवसायी महासंघका महासचिव भरतप्रसाद खतिवडा पक्राउ परेका थिए। उनलाई रिहा गर्नुपर्ने माग गर्दै व्यवसायीले आज कारोबार ठप्प पार्दा कालिमाटी तरकारी बजार सुनसान बनेको हो।

दैनिक ७ सय टन तरकारी आउने बजारमा आज मुस्किलले एक सय टन मात्र भित्रिएको छ। कालिमाटी बजारमा रहेका ४ सय होलसेल पसल पूर्ण रुपमा ठप्प छन् भने खुद्रा पसल मात्र चलेका छन्। तिनमा पनि प्याज, लसुन, अदुवा मात्र राखिएका छन्। हाल कालिमाटीमा ६६ स्टलमा खुद्रा तरकारी पसल सञ्चालनमा छन्।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।