• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

निजी विद्यालय राम्रो, सामुदायिक विद्यालय खत्तम भन्ने मानसिकता हटाउनुपर्छः अजय थापा [अन्तर्वार्ता] 

64x64
नेपाल लाइभ शुक्रबार, चैत २४, २०७९  १५:१७
1140x725

पछिल्लो समय सामुदायिक शिक्षाको गुणस्तर कमजोर भइरहेको गुनासो सुनिन्छ। सामुदायिक विद्यालयहरुमा राजनीतिक हस्तक्षेप, पाठ्यपुस्तक अभाव, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीमा कमी लगायतका थुप्रै समस्या विद्यमान छन्। सामुदायिक विद्यालयको कमजोर शैक्षिक वातावरणका कारण अभिाभावकहरु ऋण गरेरै भए पनि आफ्ना छोराछोरी निजी स्कुलमा पढाउन उद्यत देखिन्छन्।

अभिभावक निजी स्कुलतर्फ आकर्षित भइरहेकै बेला कपिलवस्तुको शिवराज नगरपालिकाले भने सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई शैक्षिक सत्र २०८० देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय छ। उक्त नगरपालिकाको नगर सभाबाटै यस्तो निर्णय पारित भएको हो। नगरपालिकाले किन यस्तो नीति अबलम्वन गर्यो? यो नीतिलाई दीर्घकालीन रुपमा लागू गर्न सम्भव छ? यिनै विषयमा शिवराज नगरपालिकाका प्रमुख अजय थापासँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानीः 

सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना छोराछोरीलाई शैक्षिक सत्र २०८० देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय पारित गर्नुभयो । यो निर्णयको उद्देश्य के हो? 
राज्यका निकायहरुमाथि भरोसा गर्नु हामी जनप्रतिनिधिको दायित्व हो। यसको सुरुवात अरुबाट होइन, हामीले आफैंबाट गर्नुपर्छ। जनप्रतिनिधिदेखि लिएर शिक्षक, व्यवस्थापन समिति, कर्मचारी र हाम्रा अधिनमा भएका सामुदायिक विद्यालयमा हामीले विश्वास नगर्ने, हाम्रै बालबालिकालाई त्यहाँ नपढाउने हो भने कसरी गुणस्तरीय शिक्षा आउँछ? बाहिर चाहिँ शिक्षा परिवर्तन गर्छाैं भन्ने अनि आफ्ना बच्चाहरु निजी विद्यालयमा पढाउने? शिक्षक आफू सामुदायिक विद्यालयमा पढाउन जाने तर आफ्ना  छोराछोरी निजी विद्यालयमा पढाउने? यसो गर्दा हामी जवाफदेही हुँदैनौं। जवाफदेही बन्नका लागि हामीले आफैंबाट सुरुवात गर्नुपर्छ। हामीले हामीलाई नै विश्वास गरेर सामुदायिक विद्यालयको गुणस्तर बढाउनुपर्छ भनेर यस्तो निर्णय गरेका हौं। 

तपाईंले यस्तो निर्णय गर्नुपूर्व नगरपालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी लगायत सार्वजनिक पद धारण गरेका व्यक्तिहरुसँग छलफल गर्नुभयो कि भएन? 
हाम्रो नगरपालिकामा यो विषयमा ९ महिनादेखि छलफल चलिरहेको थियो। हामीले अध्ययन-अनुसन्धान गरेरै यस्तो निर्णय गरेका हौं। मैले आफूखुसी यो निर्णय गरेको होइन। निर्णय नगर सभामार्फत पास गरेका हौं। नगर सभामार्फत पास भइसकेपछि नगरपालिका मातहतका सम्पूर्ण निकायले मान्नै पर्छ। नगरपालिकाको मातहतमा रहेकाहरुलाई अनिवार्य रुपमा पालना गराउँछौं।

सामुदायिक विद्यालयको गुणस्तरका लागि भनेर जुन निर्णय पारित गर्नुभएको छ। यस्तो निर्णय गर्नुपूर्व सामुदायिक विद्यालयको बारेमा केके गर्नुभयो? 
सामुदायिक विद्यालयको सन्र्दभमा हामीले हाम्रै कार्यकालमा विभिन्न अध्ययन, अनुसन्धान गरेका छौं। हामीले १२ वटा विद्यालयलाई मर्ज गरेका छौं, जुन विद्यालयमा विद्यार्थी संख्या एकदमै कम छ। बढीमा २० मिनेटमा पुगिने, विद्यार्थी अनुपात बढी भएका ठूला विद्यालयहरुसँग साना विद्यालय मर्ज गरेका छौं। ४ वटा विद्यालयको तह घटाएका छौं। ६६ जना नयाँ शिक्षक नियुक्ति गरेका छौं। हाम्रो नगरपालिकामा एउटा कक्षामा एउटा शिक्षक ल्याउने अवधारणामा गइरहेका छौं।

एउटा कक्षा कोठामा ४० देखि ४५ जना विद्यार्थी मात्रै पढाउने योजना अघि सारेका छौं। विद्यार्थीहरु बढी भएमा सेक्सन थप्ने काम गरेका छौं। हरेक विद्यालयमा नर्सरीदेखि नै भर्ना लिन थालेका छौं। शिक्षकहरुको पनि व्यापक सुधार गरेका छौं। शैक्षिक स्तर धराशायी भएका विद्यालयमा प्रधानाध्यापक नै परिर्वतन समेत गरेका छौं। राम्रा शिक्षकहरुलाई प्राथमिकता दिएका छौं।

तपाईंको नगरपालिकाका भित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी पुगेको छ कि छैन? पाठ्यपुस्तक, पुस्तकालयको व्यवस्था के-कस्तो छ?
एक वर्षको अवधिमा हाम्रो टिमले दरबन्दी मिलान, पाठ्यपुस्तक, पुस्तकालयको अवस्था, विद्यालय मर्ज, शैक्षिक वातावरण लगायतका विषयमा अध्ययन, अनुसन्धान गरेका छौं। दरबन्दी मिलानको काम लगभग अन्तिम चरणमा पुगेको छ। 

बाबु-आमाको जागिरलाई देखाएर छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णयले कतै उहाँहरुका छोराछोरीमाथि अन्याय त हुँदैन? गुणस्तर सुध्रिन्छ भन्ने आधार के हो? 
हामीले सबैभन्दा पहिला गलत सोचाइ र मानसिकता हटाउनु पर्छ। निजी विद्यालय राम्रो हुने, सामुदायिक विद्यालय नराम्रो हुने भन्ने मानसिकता नै गलत हो। सम्बन्धित विद्यालयमा जुन किसिमका शिक्षक हुन्छन्, जुन किसिमको भौतिक संरचना छ, राज्यको लगानी छ, त्यो निजी विद्यालयमा हुन सक्दैन। त्यहाँ दुई वटा कुरा मात्रै छ, अनुशासन र व्यवस्थापन। शिवराज नगरपालिका अनुशासन र व्यवस्थापनका सन्दर्भमा कडा रुपले अगाडि जान्छ। हामीले कुनै पनि विद्यार्थीको भविष्यमाथि खेलबाड गरेका छैनौं।

Ncell 2
Ncell 2
nimb
nimb

हामीसँग आधार भएर नै गुणस्तर सुध्रिन्छ भनिरहेका छौं। मैले भनिसकें, विद्यालय मर्ज, दरबन्दी मिलान, विद्यालयको लेभल डाउन, प्रत्येक कक्षा कोठामा शिक्षक, व्यापक मात्रामा नगरपालिका भित्र शिक्षकहरुको फेरबदल, राम्रो प्रअको नियुक्ति यी गुणस्तर सुधार्ने हाम्रा आधार हुन्। हाम्रो नगरपालिकामा भौतिक संरचनाहरु त्यति कमजोर छैनन्। 

त्यसो भए निजी विद्यालय बन्द गराउनुपर्छ भन्ने हो? 
हामीले निजी विद्यालय लक्षित गरेर यो निर्णय ल्याएका होइनौं। निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुको सन्दर्भमा, जहाँ अनुकुल वातावरण छैन त्यहाँ विद्यालय सञ्चालकहरुसँग सल्लाह गरेर विद्यालय सुधार गर्ने योजनामा पनि छौं। निजी विद्यालयहरुले एकदमै चर्काे शुल्क लिइरहेको अवस्था छ। कुनै विद्यालय मापदण्डमा छैनन्। कुनैको भौतिक संरचना राम्रो छैन। कतिपय निजी विद्यालयले टिनको छानो भएको छाप्रोमा पढाइरहेको अवस्था पनि छ। त्यहाँ पनि हामी अनुगमन गरेर सुधारको योजनामा जान्छौं।

निजी विद्यालयमा घाटा र फाइदाको कुरा होइन, विद्यालयले दिने शैक्षिक गुणस्तरको कुरा गरेका हौं। विपन्न परिवारका बालबालिकालाई राज्यले दिनुपर्ने सेवामध्ये शिक्षा पनि महत्वपूर्ण विषय हो। यसैलाई मध्यनजर गरेर हामी अगाडि बढेका छौं। 

तपाईंहरुको निर्णय कार्यान्वयन भएन भने के गर्नुहुन्छ? 
सबैभन्दा पहिला सकारात्मक सोच राख्नुपर्छ। पहिले नै हामी शंका गर्छाैं। जो मान्छेले बढी शंका गर्छ, गफ मात्रै गर्छ, उसले काम गर्न सक्दैन। शिवराज नगरपालिका शिक्षाको क्षेत्रमा आमुल परिवर्तन गर्न सकिन्छ भन्ने विश्वस्त छ। 

नगरपालिकाले पारित गरेको निर्णय नगरबासीले मान्नैपर्छ। यो कसैको अहितका लागि ल्याएको निर्णय पनि होइन। नगरबासीले हाम्रो निर्णय मान्नुहुन्छ भन्नेमा हामी ढुक्क छौं।

तपाईंले पारित गरेको यो निर्णय आफैंमा लोकप्रिय त छँदैछ। अर्को कुरा, यदि तपाईं बिरामी हुनुभयो भने स्वास्थ्य उपचार सरकारी स्वास्थ्य संस्थामा मात्रै गर्नुहुन्छ कि निजीमा पनि गर्नुहुन्छ? सरकारी यातायातका साधन मात्रै प्रयोग गर्ने कि निजी सवारी साधन पनि प्रयोग गर्ने? 
त्यस्तो हुँदै होइन। स्वास्थ्य क्षेत्रको कुरामा पनि हाम्रो १५ शय्याको अस्पताल निर्माणका लागि हाम्रा तर्फबाट सम्पूर्ण डकुमेन्ट तयार पारिसकेका छौं। केही समय भित्रमा शिवराज नगरपालिकामा १५ शय्याको अस्पताल बन्दैछ। यहाँका आधारभूत अस्पताल १० देखि ४ बजे सञ्चालन हुन्थे। त्यसलाई २४सै घण्टा सञ्चालन गर्दैछौं। डेलिभरी केसका लागि हामी चिकित्सकसहितको सेवा सञ्चालन गर्दैछौं। स्वास्थ्य बीमाको कुरालाई तीव्र रुपमा अघि सारेका छौं। हाम्रो नगरपालिकामा स्वास्थ्य बीमा गरेकाहरुले उपचार गराउनका लागि बुटवल। भैरहवा पुग्नुपथ्र्यो। अब त्यो सेवा हाम्रै नगरपालिकामार्फत दिने गरी अघि बढिरहेका छौं।

हाम्रा स्वास्थ्यकर्मीहरुले आगामी नयाँ वर्षबाटै जेष्ठ नागरिकका लागि घरघरै पुगेर सेवा प्रदान गर्नु हुनेछ। हामी हाम्रा जिम्मेवारी र कार्यहरुलाई कसरी सेवामुखी बनाउने भन्ने बारेमा सदैव चिन्तित छौं।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्