काठमाडौं– सोमबार देशभर ७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा देशभरबाट ११५१ नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पीसीआर विधिबाट ३४५ र एन्टीजेनबाट ८०६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४९ र एन्टिजेनबाट २७ को रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार यो अवधिमा १६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।