काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार पनि पुँजीबजारमा गिरावट देखिएको छ।
आइतबार २० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार १६ दशमलव ६७ अंकले घटेको छ।
नेप्सेकाअनुसार सोमबार दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता सेयर ९२ करोड दुई लाख ४९ हजारमा कारोबार भएको छ।
सोमबार व्यापार समूह २५ दशमलव २२ अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ।
सोमबार बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अंकले घटेको छ।
लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अंकले घटेको छ।
सोमबार कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सोमबार नबिल बैंक लिमिटेडको सबैभन्दा धेरै तीन करोड ६२ लाख ७९ हजार बराबरको सेयर कारोबार भएको छ।
कारोबार भएका सेयर संख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता सेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।