काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा उम्मेदवारी दर्ताका गराएका छन्।
१० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्।
मंसिर ४ गते भएको निर्वाचनमा उनी सप्तरी–२ बाट पराजित भएका थिए। उनी निर्वाचन क्षेत्र परिर्वतन गर्दै पुन: उम्मेदवार भएका हुन्।
यादव मंसिरको चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। राउतसँग पराजित भएपछि संसद् प्रवेश गर्न नपाएका यादव उपराष्ट्रपतिमा आफ्नो दलको नेतालाई पठाउँदै उक्त क्षेत्रमा उम्मेदवार भएका हुन्।
बारामा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा र रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।