काठमाडौं– मिटरब्याज पीडितहरूको दोस्रो टोली आन्दोलनका लागि काठमाडौं आइपुगेको छ। मिटरब्याज पीडितहरूको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको दुई दिनपछि उनीहरू काठमाडौं आएका हुन्।
देशभरका मिटरब्याज पीडितहरूको तर्फबाट आफूहरू काठमाडौं आएको उनीहरूले बताएका छन्। टोलीले मिटरब्याजीहरूले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज र यसअघि सरकारसँग भएको सहमति अविलम्व कार्यान्वयन हुनुपर्ने माग राखेको छ।
टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक भएको दाबी गरेको छ। ललितपुर सानेपाको सहिद पार्कमा भेला भएका उनीहरू हिँडेर माइतीघरतर्फ आएका हुन्। उनीहरूले माइतीघरमा बसेर आफ्नो माग राख्नेछन्।
पहिलो टोलीले केही दिनदेखि आन्दोलन गरिरहेको छ। पहिलो टोलीसँग सरकारले उच्चस्तरीय आयोग बनाउनेदेखि कानुन बनाउनेसम्मको सहमति गरिसकेको छ। उक्त सहमति अनुसार सरकारले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट आयोगको गठनको निर्णय गर्ने छ।
तस्बिरहरू :
1680510665.jpg)
1680510663.jpg)
1680510663.jpg)
1680510662.jpg)
1680510665.jpg)
1680510664.jpg)
1680510664.jpg)
1680510662.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।