• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आवश्यकताका लागि होइन, पैसाका लागि योजना माग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ : नरेश शाही [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, चैत २०, २०७९  १२:५५
1140x725

सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाइसकेको छैन। तरपनि यसपल्‍ट सरकारले केही फरक गर्नेगरी निर्णय प्रक्रिया थालेको छ। आर्थिक अनुशासन, स्थानीय सरकारसँग मिलेर बजेट निर्माण र उपभोक्ता समितिमार्फत् कार्यान्वयन हुने योजनाको प्रभावकारिता आदि विषयमा सुरुदेखि नै ध्यान दिइएको छ।

त्यहीअनुसारका नीति बनाउने र असारे विकासलाई निरुत्साहित गर्ने निर्णय लिएको छ। बजेट निर्माणअघि गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतहरूसँग छलफल गर्ने परिपाटी समेत बसाउन खोजिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक विकासमा लिन खोजेको नीतिका विषयमा अर्थमन्त्री नरेश शाहीसँग डिबी खड्काले गरेको संवाद् :

देशभित्रै बागमती प्रदेशसँग तुलना गर्ने हो भने पनि सुदूरपश्चिमको अर्थतन्त्र पाँच गुणा सानो रहेछ। सुदूरपश्चिमको कमजोर अर्थतन्त्रलाई बलियो बनाउने चुनौतीलाई कसरी लिनुभएको छ?
मलाई अवसर लागेको छ। जहाँ समस्या धेरै छन्, त्यहाँ उपलब्धिका लागि बाटो खुला हुन्छ। अब कति समय जिम्मेवारीमा रहन सकिन्छ,  त्यसले निर्धारण गर्ला। लामो समय काम गर्न पाइयो भने नतिजा दिन सकिन्छ भन्नेमा विश्वस्त छु। जुन अर्थतन्त्रको आकार छ,  त्यो आकार बढाउने प्रयास थालेका छौं। 

पहिलो कुरा चाहिँ सुदूरपश्चिम प्रदेशको बजेट जुन आकारको छ, त्यसलाई जनताका वास्तविक समस्यासँग जोडेर लगानी गर्न सकियो भने मात्रै पनि एउटा ‘डिपार्चर’ हुन्छ। जनगणना २०६८ अनुसार प्रदेश उद्योगमा राज्यले ४ खर्ब लगानी गरेको थियो तर, सुदूरपश्चिममा जम्मा ९२ अर्ब लगानी गरेको देखिएको थियो। लगानीको यस्तो विभेदले पनि स्तर उकास्न र प्रतिस्पर्धा गर्न समस्या परेको हो। 

प्रदेश सरकार र समुदायका तर्फबाट पनि केही गर्नुपर्नेछ। संघ सरकारका तर्फबाट लगानी बढाउन पनि पहल गर्नुपर्नेछ। चुनौती र अवसर दुवै छ। म चुनौती भन्दा बढी अवसर देखिरहेको छु। 

प्रदेश सरकारहरूले अर्थतन्त्रसँगै आफ्नै छवि पनि उकास्नुपर्नेछ। सुदूरपश्चिम सरकार त्यता लागेको जस्तो देखिएको छ। असारे विकास रोक्नका लागि अन्तिम समयमा हुने योजना बाँडफाँट रोक्ने निर्णय गर्नुभएको छ। असारे विकास घटाउने खास तरिका के हो?
आउनवित्तिकै मन्त्रालयको टिमले एउटा ब्रिफिङ गर्‍यो। ब्रिफिङमा के देखियो भने चालु पुँजी साढे १२ अर्ब छ। त्यसमा लक्षित राजस्व दुई अर्ब छ। चैत १३ गतेसम्म ७५ करोड उठेको छ। यही अनुपातमा गयो भने १ अर्ब ४० करोड उठ्नेछ। यति उठ्यो भने पनि १२ अर्बको बजेटमा ११ अर्ब त माग्नुपर्छ। अरुबाट मागेर चल्छौं भने हाम्रो स्वभिमान र स्वतन्त्रता हुँदैन। 

त्यसैले आन्तरिक राजस्व कसरी बढाउने?  प्रदेशका जनतालाई अप्ठ्यारो नपारिकनै कसरी बढाउन सकिन्छ?  त्यसमा एउटा उदाहरण देखेको छु- सुदूरपश्चिममा बिक्री हुने गाडीहरू, जेसीबी, ट्रक आदिहरूको नम्बर बागमती प्रदेशबाट हालेर जाने रहेछ।  त्यो तीन-चार करोड हुन्छ। समग्र देशका लागि नयाँ नभएपनि प्रदेशका लागि नयाँ स्रोत हुन सक्छ । त्यस्ता खालका शीर्षकहरू पहिल्याउँदैछौं। 

आफैंमा उत्पादन कसरी बढाउने? आम्दानी धेरै कसरी गराउने?  भन्नेमा हाम्रो ध्यान गएको छ। आम्दानी धेरै गर्न धेरै भन्दा धेरैलाई काममा लगाउने योजना हुनुपर्छ। उत्पादकत्व भएका युवाहरूलाई रोजगारमा लगाउने विभिन्न तरिका खोजिरहेका छौं। सिंगो सुदूरपश्चिम प्रदेश सरकार लागिरहेको छ।  विभिन्न खालका लगानीकर्ता त्यहाँ लिन खोजिरहेका छौं। 

Ncell 2
Ncell 2
nimb
nimb

Naresh_Shahi1680505022.jpg

असारको २५ गते अकाउन्ट क्लोज हुन्छ भने त्यही दिनसम्म पनि यता योजनाको सम्झौता भइरहेको हुन्छ। चेक काटिरहेको हुन्छ। त्यस्तो प्रचलन रहेछ। त्यस्तो किन हुँदो रहेछ भने असारमा चेक काट्दा साउन २५ सम्म होल्ड गर्न मिल्दो रहेछ। एक महिनामा जसोतसो काम गरेर बजेट सकाउने हुँदो रहेछ। 

त्यसरी भएका विकासको नतिजा सही हुँदैन र बजेटको सदुपयोग हुँदैन। पारदर्शिता देखिदैन। त्यसैले गर्नैपर्ने आयोजनाहरू जेठ मसान्तभित्रै गरेर सकौं। बिल भरपाई असार २० सम्म फाइनल गरिसकौं। असार २० देखि २५ गतेसम्मको समयलाई रिल्याक्स र रिभ्यु समयका रुपमा राखौं भन्ने हाम्रो प्रस्ताव छ। यो बीचमा बेरुजु आउने खालका भए कि भएनन्? प्रभावकारी भए कि भएनन्? भनेर मोनिटरिङ गरौं।

झन्डै ४९ प्रतिशत बजेट भौतिक मन्त्रालयमा छ। केन्द्रमा पनि त्यस्तै हो। भौतिकले गर्ने खर्च जनतासँग जोडिएको छ। त्यसलाई बढी भन्दा र बढी र समयमै खर्च गर्दा राम्रो हुन्छ। जनताका पूर्वाधारसँग जोडिएको छ। त्यसैले प्रदेश र स्थानीय सरकारको सहकार्यमा जोड दिनुपर्छ। अन्तर मन्त्रालय, संघ र प्रदेशको समन्वय पनि जरुरी छ। जस्तो प्रदेशले योजना अघि बढाइरहेको हुन्छ तर केन्द्रको वन मन्त्रालयले अनुमति दिएको हुँदैन। हेर्दा प्रदेशले कार्यान्वयन गनरेको जस्तो देखिने तर नगर्ने संघ हुन्छ। त्यस्तो शिक्षामा माविसम्म स्थानीय तहको जिम्मा छ, त्यो सक्रिय भएन भने हाम्रो काम हुँदैन।

अन्तर मन्त्रालय सहजीकरण गरिनेछ। स्थानीय तहसँग पनि त्यसैले संवाद पहिल्यै गरेर काम गर्ने वातावरण बनाउँदैछौं। पहिलो वर्ष हो, अपेक्षाकृत बजेट खर्च गर्छौं। 

आर्थिक अनुशासनका लागि केही पहल गरेजस्तो देखिन्छ। केही दिनअघि तपाईंको मन्त्रालयले टुक्रे योजनाको सिलिङ तोकेको छ। असारे विकास रोक्ने कुरा गर्नुभएको छ। यसले राजनीतिज्ञ वा विभिन्न पार्टीका सांसदसँग प्रत्यक्ष जोड्छ। त्यतातर्फबाट चुनौती देख्नुहुन्न?
कसै न कसैले दृढतापूर्वक पाइला चाल्नुपर्छ, म चाल्छु। विभिन्न विरोधहरू आउलान्  तर म दृढतापूर्वक उभिनेवाला छु। म ब्रेक थ्रु गर्न चाहन्छु। राजनीतिक रुपमा पनि मलाई सजिलो भएको छ। म ४१ वर्षको भएँ। अहिलेसम्म मैले एमालेका लागि पूरै शक्ति लगाएँ तर, मैले जित्दा एमालेको भोट काम लागेन। मैले अहिलेसम्म कांग्रेसकाविरुद्ध संघर्ष गरें तर जित्नका लागि त्यही भोटले जितायो। गठबन्धन भएर जितेको पनि होइन। आफू ठीक भएमा जनताले पुरस्कृत गर्छन् भन्ने आत्मविश्वास पलाएको छ। 

अर्को राजनीतिमा कहाँ पुग्ने हो केही भर हुँदैन। त्यसैले आफूले राम्रो गर्दै जाने हो। मलाई कसले के भन्छ भन्नेसँग त्यति मतलब छैन। मैले के गर्दैछु भन्ने कुरामा बढी केन्द्रित छु। 

Naresh-Shahi1680505023.jpg

अर्थ मन्त्रालयकै आयोजनामा हामीले २० गते गाउँपालिका र २१ गते नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतसँग छलफल गर्दैछौं। जनताका लागि बजेट छुट्याउँदैछौं भने प्रदेशले छुट्टै गर्ने र स्थानीयले छुट्टै गर्ने संस्कारको अन्त्य गर्न चाहन्छु।

स्थानीय सरकारलाई नै कसरी योजना बनाउन र कार्यान्वयन गर्नमा सहयोग किन नगर्ने? जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने खोजीमा छौं। स्थानीय सरकार पूर्वाग्रही बन्छन् कि भन्ने विषयमा सचेत हुँदै योजना तर्जुमा र कार्यान्वयन गर्ने बाटो खोज्दैछौं। राजनीतिक रुपमा एउटा पार्टीको प्रमुख छ भने उसले पूर्वाग्रही भएर आफ्ना योजना मात्रै बनाउँ छ कि, कसरी चेक एन्ड ब्यालेन्स गर्ने भन्ने उपाय खोज्दैछौं। अधिकतम रुपमा स्थानीय तहले स्वामित्व ग्रहण गर्नेगरी योजना बनाउँदैछौं।

संघ र पालिकालाई जोडेर विकासमा अघि बढ्ने जुन प्रदेशको भूमिका छ। त्यसको एउटा स्टेप तपाईंले सुरु गर्नुभएको हो?
मैले नै गरें त भन्दिनँ। अन्यत्र पनि भएको हुनसक्छ। जुन पुलको काम हो, त्यो गर्ने नै भइयो। अर्को हामीले पनि काम जनतासँग जोडिने नै गर्ने हो। जनता स्थानीय तहसँग जोडिन्छ। त्यसैले स्थानीय सरकारसँग समन्वय गरेर एकीकृत विकास गर्ने योजना हो।

अर्को उपभोक्ता समितिमार्फत् गरिने योजनामा कडाइ गर्ने संकेत देखिन्छ। बजेट सही सदुपयोग भएन भनेर हो?
समपुरक आयोजना टेन्डर प्रक्रियाबाट मात्रै गर्ने भनेका छौं। उपभोक्ता समिति र टेन्डरको अवधारणा नै फरक हो। उपभोक्ता आयोजना उसैको हो। उपभोग गर्नेले अझ योगदान गरेर राम्रो गर्ला भन्ने भएर अवधारणा आएको जस्तो लाग्छ।

Naresh-Shahi_arthmantri-supa1680505024.jpg

अहिले हेर्दा योजना आवश्यकता लागि योजना होइन, पैसा आवश्यकताका लागि योजना माग्ने प्रवृत्ति देखियो। उपभोक्ता समिति भ्रष्टाचारी जस्तो देखिन थाले। यसको अर्थ ठेकेदार ठीक छन् भन्ने होइन, झन् भ्रष्टाचारी छन्। खरिद ऐनले उपभोक्तालाई दिने श्रेणीमा राखेका आयोजनालाई पनि वर्गीकृत गर्नुपर्छ। प्राविधिक समेत आवश्यकता भएको टेन्डर प्रक्रियामा लैजाने र सामान्य आयोजना उपभोक्तामार्फत् गर्ने गर्निपर्छ कि भन्ने लागेको छ।

उपभोक्ता समिति बन्द गरौं भन्ने छैन। समितिलाई कसरी नियमन गर्न सकिन्छ भन्ने हेर्नुपर्छ। कानुनी रुपमा अडिट गर्न नमिल्ने देखिएको छ। आर्थिक पारदर्शीताको कुरा कहीँ नदेखिने भयो। अर्को ठीक काम कसरी गराउने भन्ने उपायको खोजी गर्दैछौं।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्