नयाँ दिल्ली– सामाजिक न्यायका लागि दक्षिण भारत तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले राजधानी नयाँ दिल्लीमा सोमबार राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएका छन्। उनको संगठन अल इन्डिया फेडरेशन फर सोशल जस्टिसले यो कार्यक्रमको आयोजना गर्दैछ।
सम्मेलनमा भर्चुअल माध्यमबाट विपक्षी दलका प्रायः सबै नेता समावेश हुने अपेक्षा गरिएको छ।
सन् २०२४ मा लोकसभा चुनावअघि विपक्षी दलको एकताको रूपमा पनि यो सम्मेलनलाई हेरिएको छ। कार्यक्रममा राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन र बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले भाग लिँदैछन्।
यस्तै, टिएमसीका डेरेक ओब्रायन, आप पार्टीका संजय सिंह, भाकपा महासचिव सीताराम येचुरी, भाकपा महासचिव डी राजा, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, नेशनल कन्फ्रेन्सका प्रमुख फारूक अब्दुल्लाह, छगन भुजबलसहित अन्य नेताले पनि कार्यक्रममा भाग लिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।