जाकर्ता (इन्डोनेसिया) - पावर अफ एसिया (एसियाको शक्ति) नारासहित १८औं एसियाली खेलकुद (एसियाड) को शनिबार इन्डोनेसियाको राजधानी जाकर्तास्थित बुङ कार्लो रंगशालामा भव्य उद्घाटन भएको छ। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निकै आकर्षक समारोहमा १८औं एसियाडको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई भव्य बनाउदै इन्डोनेसियाले आफ्नो शक्ति प्रदर्शन समेत गर्यो। जसको संकेत स्वरुप इन्डोनेसियाका राष्ट्रपति विडोडोले 'एसियाको नयाँ शक्तिमा स्वागत छ' भनेका थिए।उनले उद्घाटनका लागि आफ्नै बाइक चलाएर रंगशाला आएका थिए। त्यसपछि उनी स्टन्ट गरेर मन्तव्य दिने स्थानमा पुगेका थिए।
उद्घाटन समारोहमा नेपालसहित ४५ देशका ६ हजार खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथीले भाग लिए।
नेपालको तर्फबाट भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले झन्डा बोेकेका थिए। नेपाली टिमका पुरुष खेलाडी ढाका टोपी र दौरा सुरुवात तथा महिला खेलाडी सारीमा रंगशालामा उपस्थित भएका थिए। नेपालले यो एसियाडमा २९ खेलमा प्रतिस्पर्धा गर्दैछ।
उद्घाटन समारोहको मञ्चको लम्बाई १ सय २० मिटर, चौडाई ३० मिटर र उचाई २६ मिटरको थियो। मञ्चको दृश्य पहाडको जस्तै हुनेछ भने इन्डोनेसियाका रुख पनि देखिएका थिए। ४ हजारले आफ्नो नृत्य प्रस्तुत गरेका थिए। खेलाडी रंगशाला आउदा उनीहरुले लगातार नृत्य गरेका थिए।
























तस्बिरहरु : पिजे क्लब र लोकेन्द्रकुमार बस्नेत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।