buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ९, २०८३ Tue, Jun 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मध्यरातको बाढीमा ७ घन्टा बग्दा छोरालाई सम्झिइरहेँ

64x64
नेपाल लाइभ शनिबार, भदौ २, २०७५  १०:१९
1140x725

इटहरी- साउन २८ गते दिदीको छोराको जन्मदिन थियो। जन्मदिन मनाउने योजनाबारे अघिल्लो रात लामै छलफल चल्यो। दिदी आशादेवीले सानुमाया राईलाई भनिन्, 'तेरो छोराको जन्मदिन, तेरै इच्छा अनुसार मनाउनुपर्छ।’ 

बाहिर मुसलधारे वर्षा भइरहेको थियो। त्यसैलाई मिठो धुन मानेर उनीहरु छलफलमै जागा थिए।

भिनाजु राजकुमार राई मौन भएर सुनिरहेका थिए। छोरी कमला र छोरा निशान र निमेष पनि उनीहरूको गफमा मग्न थिए। रातको ११ बजेतिर उनीहरुका आँखा लोलाए। र,  आ–आफ्नो बिछ्यौनातिर लागे। 

सानुमायालाई त्यस दिन किन हो कुन्नि निद परेन। उनी फिल्म हेर्ने तयारीमा लागिन्। छोरी कमला पनि उनीसँगै फिल्म हेर्दै सुत्ने भइन्। अरू बेला भुइँमा सुत्ने कमला त्यस दिन सानुमायासँगै खाटमा सुतिन्। दिदी भिनाजू र छोराहरू पनि सुतिसकेका थिए। अरू दिन बत्ती बालेर सुत्ने दिदी भिनाजु त्यस दिन भने बत्ती निभाएर सुतेका रहेछन्। 

रातको साढे ११ बजेको हुँदो हो। कताकता हिलो गन्हाए जस्तो लाग्यो सानुमायालाई। फिल्म हेरिरहेको बेला उनलाई भुइँतिर हेर्ने फुर्सदै भएन। लाग्यो– घर नजिकै भएर बग्ने बुढी खोलामा ठूलै बाढी आयो क्यार।

केहीछिनमै उनले बाहिर होहल्ला जस्तो सुनिन्। के रहेछ भनेर बाहिर निस्कन लाग्दा खुट्टा चुर्लुम्म घुँडासम्म डुब्यो। वरिपरि पानीले घेरिसकेको रहेछ।

घरबाहिर निस्कन सक्ने अवस्था थिएन। भित्र पनि बाढी बढ्दै गइरहेको थियो। 'विकल्पको रूपमा घरको सिलिङमा झुन्डिनुपर्ने बाध्यता बन्यो,’ एक वर्षअघिको कहालीलाग्दो घटना सुनाउँदै इटहरीको गैह्रीगाउँकी सानुमाया राईले भनिन्, 'बाँसको घर भएकाले घरले पनि बाढी थेग्न सकेन।  भत्कियो। बुढी खाेलाबाट आएको बाढीले बगाउँदै हामीलाई बाहिर निकाल्यो।' त्योबेला उनको हातमा मोबाइल भने छुटेको थिएन।

उनले दाइ र उनले पढाउँदै आएको स्कुलको स्टाफलाई फोन गरिन्। त्यतिन्जेलमा उनी बगिसकेकी थिइन्। छोरा निमेष र भिनाजु घरभित्रै रहेको उनलाई याद छ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि के भयो, उनलाई केही थाहा छैन। 

दिदी र उनी केही समयसम्म सँगै थिए। बाहिर चिच्याहटको कर्कश आवाज सुनिन्थ्यो– बचाऊ! बचाऊ! तर कसले कसलाई बचाउने। सबै आफू बाँच्नका लागि सङ्घर्ष गरिरहेका थिए। 

लगभग आधा घन्टा उनी घर अगाडिको बयरको रुख समातेर बसिरहिन्। बाढीको वेग झन् उर्लिरहेको थियो। उनले पनि धेरै पटक गुहार त मागिन् तर कसले सुन्ने आवाज। नजिकैको त्यही बयरको बोटले मात्रै सुन्थ्यो।

मुसलधारे वर्षासँगै भेल बढ्यो। सानुमायाको साक्षी त्यही बयरको बोट पनि हेर्दाहेर्दै बाढीमा मिसियो र बग्न थाल्यो। सानुमाया एकातिर, दिदी अर्कातिर बग्न थाले। उनलाई भने ठूलो भेलले मुख्य भँगालोतिर हाल्यो। 

विगतमा कहिल्यै खोलामा नखेलेकी सानुमाया त्यस दिन भेलमा तैरनुपर्ने भयो। उनकै शब्दमा रातको १२:३० बजेतिर ठूलो भेलमा पुगेकी थिइन्। त्यस बेला उनले आज बाचिँदैन भन्ने सोचिसकेकी थिइन्। 'घरमा भएकी आमा, दाजुसँगै बगेकी दिदी र घरभित्रै पुरिएका भिनाजु र छोरालाई सम्झँदै बगिरहेँ,' उनको आँखामा अहिले पनि सम्झिँदा बाढी उर्लिन्छ।
  
भेलले कहिले खोँचमा पुर्याउथ्यो, कहिले मुढाले टाउकोमा हिर्काउँथ्यो। कहिले घुमाउरो ठाउँमा लगेर घुमाइरहन्थ्यो। कहिले भित्तामा कहिले छेउमा। 

पानी भन्नेबित्तिकै डराउने सानुमायाको लागि भेलको सामना गर्नैपर्ने थियो। घर परिवार सम्झिएर पनि केही लागेन। 'बराहक्षेत्र भगवान् र छिन्ताङ देवीसँग भाकल नै गरेँ त्यो बेला,' उनले सुनाइन्, 'मलाई कसरी तैरिने भन्ने मात्र सोच भयो। केही तल पुगेपछि जिउ छाडेर पानी माथि टाउको निकाल्न खोजे त्यसो गर्दा केही सहज भयो।’ 

रातभरि उनले त्यसै गरिन्। कुनै मुढा नजिक आयो भने त्यसैमा समात्ने कोसिस जारी रहिरह्यो।

आँखा खोल्न सक्ने अवस्था थिएन। बोल्ने अवस्था झन् के होओस्। मुखभित्र पानी पर्छ भनेर गुहार समेत नभनेको बताउँछिन् उनी। तैरिन जानिसकेपछी उनको मनमा कताकता साहस पलायो। अब त मर्दिनँ भन्नेमा विश्वस्त भइन्। 

बग्दाबग्दै उज्यालो भइसकेको थियो। 'बिहानको ६ बजेतिर भेलले किनारामा धकेल्यो। त्यहीँ एउटा रुख पनि अभर परिरहेको रहेछ। त्यही रुखको हाँगा समाउन पुगेँ,' एकछिन रोकिएर उनले सुनाइन्, 'दैवसन्जोग, दुई जना नजिकै देखेँ। बचाऊ भनेर चिच्याएँ तर उनीहरु त भूत भन्दै त्यहाँबाट भागे।' 

दाउराको खोजीमा निस्केका मुसहर बस्तीका युवाहरू रहेछन् ती। सानुमायाको मन खिन्न भयो। केही समयपछि अर्का एक युवालाई उनले नजिकै देखिन्। फेरि पनि बचाऊ! बचाऊ! भनिन्। तिनै युवा अनिल ऋषिदेवले उनलाई हात समातेर ताने।

'त्यो बेला मलाई भगवान्‌ले नै समाए जस्तो लाग्यो,’ उनी भन्छिन्, 'भगवान् भनेको मन्दिरमा मात्र नहुँदो रहेछ। कहिलेकाहीँ मान्छे नै भगवान् बन्दा रहेछन्।’ 

उनी आफू त बाँचिन्। तर घरमा दिदी भिनाजु र छोरा छोरीको हालत के होला? भन्ने उनलाई पिर पर्न थाल्यो। दुहबीको सामुदायिक अस्पतालमा उपचारपछि उनी सामान्य अवस्थामा आइन्। तर दिदी, भिनाजु र सानो तीन वर्षको छोरा संसारबाट बिदा भएको खबरले उनीमाथि बज्रपात भयो। 

छोरी कमला र छोरा निशान छिमेकीको घरमा रहेको खबर पाइन्। तर भिनाजु र छोरा निमेष कहाँ छन्? अझैसम्म केही अत्तोपत्तो छैन। 

करिब ७ घन्टा भेलमा बगेर पनि बाँच्न सफल भएको भन्दै विभिन्न संस्थाले उनलाई सम्मान गर्न थाले। निशान र कमलालाई एसओएस बालग्रामले पढाइदिने जिम्मा लियो। विभिन्न संस्थाको सहयोगमा सोही स्थानमा उनले आफै घर बनाइन्। 

पीडा भुलाउन अनेक प्रयास गरिन्। बिएड दोस्रो वर्षमा अध्ययनरत छात्रा हुन् सानुमाया। कलेज पनि गइन्। तर दिदी, भिनाजु र छोराको अभावले उनलाई सताइ नै रहेको छ। 

अभावले जिउन सिकाउँछ, अफ्ठ्यारोले जीवन सिकाउँछ भने जस्तै आफूले जिन्दगी सिकेको बताउँछिन् उनी। मन भुलाउन अनेक प्रयास गरिन्। कागज काटेर फूल बनाउनेदेखि विभिन्न सजावटका सामाग्री बनाउन थालिन्।

अहिले उनको कोठामा उनैले बनाएका फूलहरू सजिएका छन्। घर वरिरि फूल रोपेकी छिन्। पहिला केही सिप नभएकी सानुमाया अहिले सजावटका आकर्षक सामाग्री तयार पार्न सिपालु छिन्। 

एक वर्ष अघिको घटना सम्झिएर उनको गह भरिन्छ। जब छोराको जन्मदिनको कुरा आउँछ, उनी बोल्न सक्दिनन्। केवल आँखाबाट बगिरहन्छ उस्तै भेल।

प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  १०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको नवप्रवर्तन तथा स्टार्टअप विभागको आधिकारिक वेबसाइट शुभारम्भ
रास्वपाको बन्दसत्र सुरू
च्यासलमा एमाले संसदीय दलको बैठक, ओलीले ब्रिफिङ गर्दै
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
रास्वपाको नवप्रवर्तन तथा स्टार्टअप विभागको आधिकारिक वेबसाइट शुभारम्भ मंगलबार, असार ९, २०८३
रास्वपाको बन्दसत्र सुरू मंगलबार, असार ९, २०८३
च्यासलमा एमाले संसदीय दलको बैठक, ओलीले ब्रिफिङ गर्दै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
तराईमा तातो लहर कायमै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्