• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रचण्ड हारगुहार गर्दै बालकोट पुगेपछि शरण दिइएको हो: महेश बर्तौला [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, फागुन ३०, २०७९  २०:३९
1140x725

मकवानपुर- २ बाट निर्वाचित सांसद् महेश बर्तौला एमाले संसदीय दलको सचेतक समेत मनोनित भएका छन्। पहिलो पटक प्रतिनिधि सभामा आइपुगेका उनले देखाएको सक्रियताका कारण उक्त अवसर प्राप्त गरेको बताइएको छ।

प्रतिनिधि सभाको नियमावली संशोधन समितिका सदस्यका रुपमा उनले देखाएको सक्रियता एमाले नेताहरुको आँखामा परेको थियो। यहीबीच उनले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुनुपर्ने दाबी गर्दै पुरुष उम्मेदवारका विरुद्ध दाबी विरोध राखेका थिए। दाबी विरोध नपुग्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उक्त तर्क खारेज गरेको छ। एमाले सचेतक बर्तौलासँग उनले प्राप्त गरेको अवसर र उपराष्ट्रपतिको उम्मेदवारका विषयमा अघि सारेको मुद्दालाई लिएर गरिएको संवाद:

नेकपा एमालेले प्रमुख सचेतक र सचेतकमा युवा र सक्रिय नेताहरुलाई जिम्मेवारी दिएको छ। एमालेले आन्तरिक राजनीतिमा परिवर्तन गर्न खोजिरहेको संकेत हो यो?
एमालेले युवाको पक्षमा सधैं भूमिका खेलेको पाइन्छ। यो पटक पनि प्रमुख सचेतक र सचेतक दुवैमा प्रत्यक्षबाट जितेका दुवै युवालाई अवसर दिइएको छ। युवालाई क्रमश: नेतृत्व विकास प्रक्रियामा लैजानुपर्छ भन्ने लागेरै अध्यक्षले महत्वपूर्ण प्लेटफर्म दिनुभयो भन्ने लाग्छ।

एमाले र त्यसमा अध्यक्ष केपी शर्मा ओलीमाथि एउटा आरोप थियो, गुटकेन्द्रित भएर पार्टी चलाएको। तपाईंहरुले पाएको यो अवसरबाट एमालेमा सक्रियता र सम्भावना पनि हेर्न थालियो भन्ने संकेत दिन खोजिएको हो?
त्यस्तो होइन। कहिलेकाहीँ बाहिर समीक्षा र चर्चा एक प्रकारले भए पनि आन्तरिक रुपमा मूल्यांकन फरक ढंगबाट हुन सक्छ। नेतृत्वले मूल्यांकन गर्ने आयाम धेरै हुन सक्छ। कहिलेकाहीँ प्रचारमा आएकोले पाउँदैन। नेतृत्वले माथिबाट हेर्दा एउटा-दुईटा अवसर हुन्छ, आकांक्षी धेरै हुन्छन्। बीचमा कोही न कोही छान्दा त्यस्तो देखिन गएको हो। हाम्रो पार्टीमा जिम्मेवारी वितरण सक्रियता र सम्भावना हेरेरै हुने गरेको छ। कहिलेकाहीँ ध्रुवीकरण र आन्तरिक प्रतिस्पर्धाले यताउति भएजस्तो देखिन्छ। 

एमालेका पाँच वर्ष सकसपूर्ण देखियो। बाह्य कारण होलान्, तपाईंको नेतृत्वकै कारण पनि समस्यामा परेको लाग्छ कि लाग्दैन?
२०७४ असोज १८ गते कमरेड केपी ओली र कमरेड प्रचण्डले देशलाई र सिंगो कम्युनिस्ट पार्टीमा जोडिएका कार्यकर्तालाई एउटा सरप्राइज दिनुभयो। २०७४ को निर्वाचनमा दुई ठूला पार्टीहरु तालमेल गर्छौं र सिंगो कम्युनिस्ट आन्दोलन एक ठाउँ ल्याउने घोषणा गर्नुभयो। हामी खुसी भयौं। जनमतले त्यो स्प्रिट अनुमोदन गर्‍यो। पार्टी एक हुने क्रममा प्रचण्ड कमरेडले आफ्नो स्वभावअनुसार पार्टी र राजकीय सत्तामा दाउपेचको खेल सुरु गर्नुभयो।

नेकपा एमाले हुँदाकै अन्तरविरोध उछालेर कमरेड माधव नेपाल र झलनाथ खनालको बुई चढेर नेतृत्वमाथि बम बर्साउन थाल्नुभयो। पार्टीको नेतृत्वलाई घेराबन्दी गर्न बुढानीलकन्ठको सहारा लिन जानुभयो। त्योसम्मको दाउपेचबाट जोगिदै आयौं र पूर्ववत अवस्था आउँदा नयाँ कोर्सबाट अगाडि आयौं। एमाले आफ्नो सबल पक्षका कारण सबै खालका हावाहुन्डरीसँग जुध्दै यो ठाउँमा उभिएको छ। नेपालको राजनीतिमा मुख्य शक्तिका रुपमा उदाएको छ। गणितमा पछि हौंला तर समानुपातिक मत हेर्दा हामी सबैभन्दा धेरैको भरोसा जितेको पार्टी हौं।

तपाईंहरु प्रचण्डबाट गएका पाँच वर्षमा भुक्तभोगी हुनुभयो। यति भोगाइका बाबजुद पनि पुस १० गते फरक्क फर्केर प्रधानमन्त्री बनाउन किन सक्रिय हुनुभयो त?
प्रचण्ड खराबै हुनुहुन्थ्यो (पूर्ण रुपमा भन्न खोजेको होइन, अस्थिर चरित्रलाई संकेत गर्न खोजेको हुँ)। उहाँका अन्य पक्षमा जान चाहन्न। त्यो बेला हामीले जनमत हेर्‍यौं, एउटा दलले सरकार बनाउने अवस्था बनेन। एमाले र कांग्रेस मिलेर बन्न सक्थ्यो वा यीमध्ये एक दलले सरकार बनाउनु वा बनाउन सहयोग गर्नुपर्थ्यो। यो अवस्थामा हामी थियौं। प्रचण्डलाई समर्थन एउटा बाध्यताको उपज थियो। 

अर्को, सम्माननीय राष्ट्रपतिले ७ दिनको म्याद दिएर सरकार बनाउन अपिल गर्नुभयो। पुस १० गते १२ बजेसम्म एमालेले सरकार बनाउन कुनै कसरत गरेन। आग्रह राखेन। तत्कालीन चुनावमा बनेको गठबन्धनले नै सरकार बनाउँछ भन्ने ठान्यौं। 

nimb
nimb
Ncell 2
Ncell 2

जब कमरेड प्रचण्डका लागि कांग्रेसले बालुवाटारको गेट बन्द गर्‍यो, उहाँ हारगुहार माग्दै बालकोट आउनुभयो। हामीले उहाँलाई शरण दिएका हौं। उहाँको प्रधानमन्त्री बन्ने तीव्र लालसा थियो। पावर सेयरिङको प्रस्ताव ल्याउनुभयो, हामीले स्वीकार्‍यौं। 

राजनीतिमा विगतबाट फाठ सिक्ने हो, समीक्षा गर्ने हो र भविष्य हेर्ने हो। हामीले भविष्य हेरेका हौं। विगततिर हेर्दा ओली कमरेड र प्रचण्ड कमरेडको संवाद हुने अवस्था नै थिएन। पुस १० गतेको सहमति हामीले गर्‍यौं तर फागुन १० गत नआई उहाँले आफ्नो छेपारे प्रवृत्तिको पुनरावृत्ति गराउनुभयो र प्रधानमन्त्री आफैंले सरकार ढाल्ने र अस्थिरता सिर्जना गर्ने काम गर्नुभयो। अहिले हामी प्रतिपक्षमा बसेका छौं। त्यहीअनुसार हामीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भाग लिइरहेका छौं।

उपराष्ट्रपतिको निर्वाचन सम्मुखमा छ। तपाईंले उपराष्ट्रपतिको उम्मेदवार पुरुष बन्ने कुरालाई लिएर दाबी विरोध समेत दर्ता गर्नुभयो। संविधानको प्रावधान बुझेरै उक्त दाबी विरोध हाल्नुभयो होला। अंकगणित त अनुकुल छैन। यस्तै दाउपेचबाट उपराष्ट्रपति बनाउन सकिन्छ कि भनेर ढोक्सा थापेको हो?
एमालेबाट टावरिङ पर्सनालिटी, लोकतान्त्रिक गणतन्त्रको आन्दोलनकी एक योद्धा, जो अहिले पार्टीको उपाध्यक्ष हुनुहुन्छ। उहाँलाई हामीले उपराष्ट्रपतिका रुपमा उभ्यायौं। हामीले सोचेका थियौं, उहाँहरु (सत्ता साझेदार दलहरु)ले पनि महिलालाई नै उम्मेदवार बनाउनुहुनेछ। उहाँहरुले पुरुष बनाउनुभयो। पुरुष उम्मेदवार जिताउन अपिल गरेर लाग्नुभएको छ। यो उहाँहरुको कुरा हो। राष्ट्रपति वा उपराष्ट्रपति पदमा एउटा महिला हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। 

यो संवैधानिक नभई नैतिक कुरा मात्रै भयो नि!
यसमा नैतिक मात्रै होइन, संवैधानिक र राजनीतिक कुरा पनि छ। हाम्रो संविधानको समग्र 'स्प्रिट' महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व हो। प्रस्तावनामा  भनिएको छ, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व हुनेछ। संविधानको धारा ४ मा भनिएको छ- नेपाल राज्य समावेशी हुनेछ। नेपालको संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक प्रतिनिधित्वको हक हुनेछ भनेर लेखिएको छ। त्यसपछि धारा ३८ को ६ मा वंश र सम्पत्तिमा समान हुन्छ भन्छ। 

महिलाका विषयमा संविधानले बोलेको भावना यो हो। नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको एउटा पदमा महिला हुनुपर्ने प्रष्ट व्यवस्था छ। धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला र प्रदेश सभाको पनि सभामुख र उपसभामुखमध्ये एक महिला भनिएको छ। पालिकामा पनि प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार हुने भनिएको छ। दुई पद जहाँ जोडिन्छन्, त्यसमध्ये एकमा लैंगिक समावेशिता अनिवार्य भन्छ। यो समग्र भावनाले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एकमा महिला हुनुपर्ने दर्शाउँछ।  

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदायको हुने भनिएको छ। त्यसलाई व्याख्या गरेर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा १६ मा एउटा व्यवस्था छ र जहाँ भनिएको छ- यस दफा बमोजिम उपराष्ट्रपति पदका लागि निर्वाचन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंगा वा समुदायको हुनेछ।

यसैको स्पष्टीकरणमा के भनियो भने, यो दफा प्रयोजनका लागि समुदाय भन्नाले दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु वा मुस्लिम समुदाय बुझाउँछ भनिएको छ। यसअनुसार रामचन्द्र पौडेल राष्ट्रपति हुँदा उक्त समुदायबाट भएपछि अबको समावेशिता लैंगिक समावेशिता होइन र? हामीले राजनीतिक प्रश्न उठाएका हौं, त्यसैले सर्वोच्चमा गएनौं। सत्ता दाउपेचका लागि महिलाको अधिकार छिनिनु हुँदैन भन्ने हाम्रो कुरा हो। ५१ दशमलव ४ प्रतिशत महिला भएको देशमा राष्ट्रपति पनि नबनाउने र उपराष्ट्रपति दिन नखोज्ने भन्ने विषयमा बलियो आवाज उठाएको हो।

यो दाबी विरोध गर्ने महेश बर्तौलाको हो कि समग्र एमालेकै भावना यही हो?
जनताबाट चुनिएको जनप्रतिनिधिका हिसाबले मेरो त भयो नै। एमालेको पनि यही हो। हामीले जनताबाट चुनिएको जनजातिको छोरोलाई राष्ट्रपतिको उम्मेदवार बनायौं। नेवारको छोरी लोकतान्त्रिक वामपन्थी आन्दोलनकी अग्रणी योध्दालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छौं। यो देश सिंगो जातजाति, वर्ग, लिङ्ग र  भाषाभाषीहरुको चौतारी हो। गणतन्त्र त्यस्ता भावना समेट्ने व्यवस्था हो। हाम्रा व्यवहारले सुदृढ बन्ने कुरा हो। हाम्रा कथनी र करणीमा एकरुपता नहुँदा जनताले प्रश्न गरिरहेका छन्। 

तपाईंहरुले राष्ट्रपतिका लागि जुन व्यक्ति उठाउनुभयो, उहाँको योग्यता, क्षमता र व्यक्तित्वमाथि कसैको प्रश्न थिएन। अहिले उपराष्ट्रपतिको उम्मेदवार बन्नुभएकी अष्टलक्ष्मी शाक्य तुलनात्मक रुपमा बढी योग्य पनि हुनुहोला तर एमालेले जित्ने निश्चित भएका पदहरुमा किन उहाँहरु जस्तालाई अवसर दिइँदैन?
हार्ने भन्ने पहिल्यै थाहा हुन्छ र?

दलीय गठबन्धन छ। त्यसको अंकगणित केलाउँदा परिणाम फरक आउने देखिँदैन र यसअघि पनि त आएन नि?
विवेकमा जब बिर्को लाग्छ, यसप्रकारका निर्णयहरु हुन्छन्। हामी संघ र प्रदेशका सांसद्हरुले उहाँहरुलाई भोट हाल्ने हो। हामी जसरी गोप्य मतदानबाट  चुनियौं,  त्यसरी नै उहाँहरु चुनिनुपर्ने हो। एमालेले हाम्रो तर्फबाट लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरेर उम्मेदवार बनाएको हो। सबै उम्मेदवार नजित्न पनि सक्छ। दाउपेच हुन सक्छ, घेराबन्दी हुन सक्छ। त्यस प्रकारको घेराबन्दी भएको छ। परिणाममा चुनाव हारे पनि राजनीति हारेका छैनौं। मतले हारे पनि एमालेले प्रस्तुत गरेका उम्मेदवारका विषयमा कसैले टिप्पणी गर्ने र दाग लगाउने अवस्था छैन। हामीले राजनीति जितेका छौं। लोकतन्त्रमा जितहार स्वभाविक हो। 

मैले उम्मेदवारी दिँदै गर्दा केलाइएको तथ्यांकअनुसार म मकवानपुर-२ मा तत्कालीन सत्ता गठबन्धनको उम्मेदवारभन्दा २४ हजार मतले हारिरहेको थिएँ तर जनताले मलाई जिताए। यहाँ पनि त्यस्तै हुन सक्छ।

जनताले त स्वविवेक प्रयोग गर्छन् तर नेताहरुले स्वविवेक प्रयोग गर्न पाउँदैनन् नि, हैन?
ती विवेकी जनताले चुनेर पठाएका सांसद्हरुले विवेकी निर्णय गर्नुहुन्छ। उहाँहरुलाई विश्वास गर्नुपर्छ। हामी विश्वास गर्छौं।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्