• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
राष्ट्रपतिमा भण्डारीका दिन

राष्ट्रपति विद्यादेवी भण्डारीको ७ वर्षे कार्यकाल कस्तो रह्यो? कसरी मूल्यांकन गर्ने? 

टीका ढकाल सोमबार, फागुन २९, २०७९  १५:१३
1140x725

पहिलो त उहाँ (निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी) संवैधानिक राष्ट्रपति हो, कार्यकारी होइन भन्ने ठाउँबाट उहाँको समीक्षा सुरु गर्नुपर्ने हुन्छ। संविधानले दिएको सीमाभित्र बसेर राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। यो हाम्रो मात्र विचार हैन। हिजो साँझ (आइतबार) संसद्‌मा प्रतिनिधित्व गर्ने मुख्य दलका अध्यक्ष तथा सभापतिहरूसँगको भेटघाटमा सबै नेताले एक स्वरले राष्ट्रपति भण्डारीको कार्यकालको समीक्षा गर्नुभयो। उहाँहरूले भन्नुभयो, ‘कतिपय कुरा हामीलाई चित्त बुझेन होला। तर, राष्ट्रको पक्षमा तपाईंले लिएको निर्णयले हामीलाई सधैँ घच्घच्याएको छ।’ 

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भन्नुभयो यो कुरा। व्यक्तिगत रुपमा सबै पार्टीका नेतासँग राष्ट्रपतिको सम्बन्ध सुमधुर रह्यो। राजनीतिक कारणले मान्छेका विचार फरक हुने कुरा बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा स्वाभाविक हो। राष्ट्रपति भण्डारीको सम्पूर्ण कार्यकाल तथा राजनीतिक जीवनलाई हेर्ने हो भने दुई तीन वटा कुरा पाइन्छ। जुनचाहिँ राष्ट्रपतिको कार्यकालको सन्दर्भमा पनि निरन्तरता दिनुभयो। 

जब उहाँ मुलुकको पहिलो महिला वाताववरणमन्त्री हुनुभयो, त्यसबेला पनि वातावरण संरक्षणका अभियानलाई कुनै न कुनै रुपमा स्वामित्व लिँदै साना ठूला अनेक स्वरुपमा सञ्चालन गर्दै आउनुभएको थियो। बागमती सरसफाइको सुरुआतकर्ता उहाँ हो। पछि सामाजिक अभियान भयो। त्यसपछि त्यसले ज्यादा चर्चा प्राप्त गर्‍यो। बागमती सफाइ र ढलहरू पन्छाउने अभियान उहाँ वातावरणमन्त्री हुँदादेखि सुरु भएको हो।

अहिले पनि राष्ट्रपति रहँदा उहाँले जलवायु परिवर्तनले नेपालले भोग्नुपरेको असरबारे विश्वसमुदायमा नेपालको अवस्था बारेमा जानकारी गराउने कुराको पनि नेतृत्व लिनुभयो।

हाम्रो ‘क्लाइमेट चेन्ज डिप्लोमेसी’मा राष्ट्रपति भण्डारीको महत्त्वपूर्ण भूमिका रह्यो। नेपालले क्लाइमेट कोषबाट सहयोग प्राप्त गर्ने, जलवायु परिर्वतनबाट नेपालको राष्ट्रिय निकाय चिन्तित छ भन्ने कुरा दुनियाँलाई प्रष्ट पार्ने कुरामा भण्डारीको भूमिका रह्यो। त्यसैले भोलि जोसुकै राष्ट्रपनि भए पनि यो सन्दर्भलाई नेपालका राष्ट्रपतिहरूले महत्त्व दिनुपर्छ। चुरे लगायतका विषयमा प्रथम राष्ट्रपतिको कार्यकालमा सुरु भएका अभियानलाई पनि त्यही रुपमा हेर्न सक्ने भयौँ। 

नेपालमा लैंगिक समानताका विषयमा ठूलो काम भएको भन्छौँ। अन्तर्राष्ट्रिय समुदायले पनि त्यसको खुलेर प्रशंसा गर्छ। नेपालको संवैधानिक र संचरनात्मक लैंगिक सन्तुलनमा जे जति व्यवस्था भएका छन् त्यसमा नेपालका विभिन्न राजनीतिक आन्दोलनहरूको महत्त्वपूर्ण भूमिका छ। त्यसले विचार निर्माण गर्‍यो। त्यसलाई कार्यरुप दिने क्रममा भण्डारीको भूमिका सबैभन्दा अग्रसर भएको देखिन्छ। 

त्यसलाई कसैले पनि बेवास्ता गर्न सक्दैन। यसकै निम्ति उहाँलाई अन्तर्राष्ट्रिय जगतले सम्मान पनि गरेको छ। यसको महत्त्व अब थाहा पाउँछौँ। कुनै बेला देशको सर्वोच्च सम्माननीय पदमा ३–३ जना महिला भएको अवस्थामा अब शून्य महिला हुने अवस्थामा हामी पुग्दैछौँ। 

अब सम्माननीय पद असाध्यै असन्तुलित हुने देखिँदैछ। यो भनेको लैंगिक समानताको यात्रामा संविधानले सुनिश्चित गर्दागर्दै पनि त्यहाँ भित्रका छिद्रहरूको प्रयोग गर्ने राजनीतिक प्रवृत्ति छ, त्यसबाट गलत बाटोमा त जाने हैनौं भन्ने अवस्थाको सिर्जना गरेको छ। मलाई लाग्छ, लैंगिक समानताको यात्रामा उहाँले भूमिका खेल्नुभयो। राष्ट्रपति हुँदा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् अझै उचाईमा पुर्‍याउनुभयो। उच्च पदमा महिला नेताहरू पुग्नुमात्र ठूलो कुरा होइन। त्यहाँ पुगिसकेपछि उहाँहरूले के गर्नुहुन्छ? कस्तो दृष्टिकोण राख्नुहुन्छ, कस्तो विचार राख्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ। सुत्केरी महिलाको उद्धार वा महिलाहरूको जीवनस्तर सुधारका निम्ति राष्ट्रपति महिला उत्थान कार्यक्रमको सुधार र पहल भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो मुलुक यसै पनि गरिब छ। एउटा व्यक्तिले चाहेर मात्र सबै कुरा पूरा हुने होइन। ठूलो रुपान्तरण हुने होइन। तर, त्यो दृष्टिकोण ठीक थियो कि थिएन, त्यसले सही दिशा लियो कि लिएन भन्ने कुरा महत्त्वपूर्ण हो। 

शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयहरूको स्तरोन्नति, सामुदायिक विद्यालयमा सरकारले लगानी गरे पनि त्यहाँको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारमा लगानी भएन। शिक्षाको लगानी शिक्षकको तलब र भत्तामा मात्र जान्छ। तर, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार सुधार अभियान मुलुकलाई खाँचो थियो। 

०२८ सालपछि यो अभियान भएको थिएन। त्यतिबेला नयाँ राष्ट्रिय शिक्षा योजना लागू भयो। ११ वर्षसम्म देशभरि विद्यालयको पूर्वाधार बनाउने अभियान चल्यो। त्यसयता प्राकृतिक विपद् बाहेकको अवस्थामा विद्यालयहरूका भवन सरकारको तर्फबाट लगानी भएर निर्माण भएनछन्।

०४५ सालको भूकम्पले भत्काएका भवन कुनै विदेशी सहयोगले बने, ०७२ सालको भुइँचालोपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र वैदेशिक सहयोग प्राप्त भएर केही विद्यालय बने। तर, त्यसका अधिकांश विद्यालय जीर्ण भएका, प्राविधिक शिक्षा, आईटी लगायतका कम्प्युटरहरूको उपलब्धता नहुनु, नयाँ  प्रविधिहरूसँग विद्यार्थीहरू साक्षात्कार गर्नै नपाउने अवस्था आए। यस्तो स्थितिमा राज्यको लगानी कसरी बढाउन सकिन्छ भन्ने उहाँको चिन्ता चासो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा व्यक्त भयो। 

Xtrem

Xtrem

त्यो कार्यक्रम उहाँ आफ‌ैंले पहल गरेर नेपाल सरकारलाई घच्घच्याएर सुरुआत गराए। शिक्षा मन्त्रालयले अहिले त्यसलाई ५० वर्षकै अविधमा नेपालको पूर्वाधार र गुणस्तर सुधारमा भएको सबैभन्दा ठूलो लगानी मान्छ। करिब करिब त्यसबाट १० हजार भन्दा बढी विद्यालय प्रत्यक्ष लाभान्वित भएका छन्। यसलाई विस्तार गर्दै जाँदा पाँच वर्षभित्रमा सबै सरकारहरूले प्राथमिकतापूर्वक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई लागू गरे भने नेपालका शतप्रतिशत विद्यालयका भौतिक पूर्वाधार र गुणस्तरमा महत्वपूर्ण फड्को मार्न सक्छन्। 

अब कसरी जान्छ, नयाँ राष्ट्रपतिले यसलाई कसरी अगाडि बढाउन खोज्नुहुन्छ, सरकारले कति सहयोग गर्छन्, हाम्र्रो आर्थिक स्थिति के हुन्छ भन्ने कुराले ठूलो प्रभाव पार्ला। तर, शैक्षिक सुधार कार्यक्रम शिक्षा पूर्वाधारको पनि पूूर्वाधार हो। शिक्षामा लगानी नबढाइ अन्य केही हुनेवाला छैन।

राष्ट्रपति कार्यकालका सवालमा संसदभित्र विघटनको कुरालाई मान्छेहरूले आलोचना गरेको देख्छु। यसलाई दुई तरिकाबाट हेर्नुपर्छ। एउटा राष्ट्रपतिले मन्त्रिपरिषद्बाट निर्णय भएर प्रधानमन्त्रीले ल्याएको सिफारिसलाई रोक्दा के हुन्छ? त्यो ठाउँ संविधानले दिएको छ कि छैन? त्यस आधारमा पनि राष्ट्रपतिको रुपमा  विद्यादेवी भण्डारीको भूमिका कस्तो रह्यो मूल्यांकन गरिनुपर्छ। 

संसद् विघटनका सन्दर्भमा राष्ट्रपतिलाई गर्ने आलोचना न्यायपूर्ण छैन। त्यो राष्ट्रपतिले रोक्न मिल्दैन थियो। नेताहरूलाई पनि उहाँले बारम्बार भन्नुभएकै हो। बन्द कोठामा नेताहरूले स्वीकारे पनि बाहिर विरोधका लागि विरोध गर्नुभएको छ। हामीले त्यो कुरालाई अहिले ‘इन्करेज’ गर्ने हो भने अहिले प्रचण्डले सिफारित गरेको कुरा राष्ट्रपति रामचन्द्र पौडेलले रोक्नुभयो भने के हुन्छ? 

यो अवस्था हेर्नुपर्‍यो। अनि मात्र राष्ट्रपतिको आलोचना गर्ने ठाउँ छ कि छैन भन्ने हेर्नुपर्‍यो। तैपनि मान्छेलाई आलोचनाबाट रोक्न चाहिँ सकिन्न। अर्को चाहिँ नागरिकता विधेयक रोकेको विषयमा उहाँको आलोचना गर्छन्। त्यो उहाँले आलोचना सहेरै रोक्नुभयो। त्यो मुलुकको हितमा थिएन। संविधानमा पुनर्विचार गर्नुपर्छ भन्नेछ। राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई पुनर्विचार गर्नुपर्छ भन्नेछ। पुनर्विचार गर्दैनौं भनेर संविधानको उल्लंघन सरकारले गर्‍यो, संसद्ले गर्‍यो। त्यसको उल्लंघनलाई राष्ट्रपतिले अनुमोदन नगरिदिनुभएको हो। त्यसैले राष्ट्रपतिले संविधानको उल्लंघन गर्नुभएको होइन, संसद्ले संविधानको उल्लंघन गरेको हो। पुनर्विचार गर्नैपर्छ भनेर प्रष्टै लेखिएको छ। त्यसबारे जति पनि बहस गर्न सकिन्छ। राजनीतिक आलोचनालाई एकातिर पन्छाउने हो भने सान्दार र सफल राष्ट्रपतिको कार्यकाल रह्यो। 

राष्ट्रपति भण्डारी आफैंमा धेरै संयोगको निर्माण गरेर त्यहाँ पुग्नुभएको हो। उहाँ हिजो पहिलो महिला वातावरणमन्त्री, पहिलो रक्षामन्त्री बन्नभुयो। पहिलो महिला राष्ट्रपति बन्नुभयो। 

अब ती ठाउँहरूमा महिला पुग्न कति समय लाग्छ, हेर्दै जाँदा थाहा भइहाल्छ। मन्त्री सजिलै बनाउन सकिन्छ, तर बनाइएन नि! अहिले यो ठाउँबाट उभिएर पछाडि फर्किएर हेर्नुहुन्छ भने अब मुलुकले कहिले अर्को महिला राष्ट्रपति पाउँछ? भन्न सकिन्न। 

त्यो ऐतिहासिक सुनाम राष्ट्रपतिको नामसँग सधैँ जोडिएर रहन्छ। त्यो कीर्ति उहाँको नामसँगै जोडिएर रहन्छ। उहाँ व्यक्तिबाट एउटा संस्थामा रुपान्तरित हुनुभएको छ। जति जति इतिहास पुरानो हुँदै जान्छ, त्यति नै इतिहासले उहाँको न्याय गर्दै जान्छ। 

जहाँसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको सहयोगी भएको आरोप लगाउने गरिन्छ। यसमा कुनै तुक छैन। सबै प्रधानमन्त्रीसँग उहाँको राम्रो सम्बन्ध व्यक्तिगत र संवैधानिक रुपमा रह्यो। त्यो कुरा सबै नेताले भन्नुहुन्छ। उहाँको पालामा २–२ पटक तीन जना प्रधानमन्त्री हुनुभयो। तीनवटै नेताले उहाँलाई राम्रै मान्नुहुन्छ। राजनीतिक रुपमा नेताका बाध्यता छन्। ती बाध्यताले कहाँ पुर्‍याउँछ छुट्टै कुरा भयो। तर, राष्ट्रपतिले पक्षपात गर्नुभएको छैन। 


(कुराकानीमा आधारित। ढकाल निवर्तमान राष्ट्रपति भण्डारीका प्रेस विज्ञ हुन्।)

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्