• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
न सरकार स्थिर, न राज्य प्रणाली प्रभावकारी
64x64
किशोर दहाल मंगलबार, फागुन १६, २०७९  १५:२५
1140x725

काठमाडौं- अस्थिर सरकारको चर्चा गर्दा आउने प्रसंग हो, २०५१ को मध्यावधि निर्वाचनपछिका समय। झन्डै साढे चार वर्षको सो अवधिमा ६ वटा सरकार (मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला र पुनः गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा) बनेका थिए। पटकपटक अविश्वासको प्रस्ताव ल्याइने वा विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएका थिए। मन्त्री र सांसदहरुको प्रवृत्ति आफैं चढेको जहाज प्वाल पार्ने 'मुसा' सँग तुलना हुन्थे।

फागुन १२ गते साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दललाई मिलाएर नयाँ गठबन्धन निर्माण गरेपछि २०५१-५६ कै जस्तो अस्थिरताको पुनरावृत्ति हुने ‍आशंका उब्जिएको छ। किनकि, त्यस दिन पहिलो साढे दुई वर्ष प्रचण्ड, त्यसपछि एक वर्ष माधवकुमार नेपाल र बाँकी डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति गरिएको भनिएको छ। जसलाई नेताहरुले अस्वीकार गरेका छैनन्।

फागुन १२ को कदमले पुस १० मा तत्कालीन गठबन्धन निर्माण गर्दाका सहमति भत्किएको थियो। राष्ट्रपति एमालेलाई दिने भनेर गरिएको सहमतिलाई दुई महिनापछि तोड्दै प्रधानमन्त्री प्रचण्डले सो पदका लागि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गराएका थिए। प्रधानमन्त्रीको यस किसिमको कित्ता परिवर्तनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरालो प्रवृत्तिसँग तुलना गरेका छन्। जसले कचौरामा दूधभात दिन्छ, बिरालो उसैतिर जाने भन्दै उनले प्रचण्डप्रति कटाक्ष गरेका थिए।

अस्थिरताकै चक्र
अस्थिरता सिर्जनाका सन्दर्भमा 'मुसा'देखि 'बिरालो'सम्म आइपुग्न नेपाली राजनीतिलाई अढाइ दशक लाग्यो। परिणामतः सरकार गठन भएको तीन महिना नबित्दै प्रधानमन्त्री प्रचण्ड पुनः विश्वासको मत लिनुपर्ने बाध्यतामा पुगेका छन्। प्रतिनिधि सभामा जम्मा ३२ सिट रहेको पार्टीबाट प्रधानमन्त्री भएकाले उनले विश्वासको मत पाउन अन्य कैयौँ दललाई फकाउनुपर्ने वा छक्याउनुपर्ने बाध्यता छ। मन्त्रिपरिषद् पुनर्गठनमा पनि पक्कै हैरानी हुनेछ। प्रचण्डले ओलीलाई दिएको भनिएको धोका, कुनै दलले प्रचण्डलाई दिएमा, यो सरकार तत्कालै ढल्ने स्थिति छ।

अनौठो चाहिँ के छ भने, प्रधानमन्त्री प्रचण्डले पुस १० मा सहमति गर्नुको राजनीतिक औचित्य दुई महिनासम्म पुष्टि गर्न आवश्यक ठानेनन्। त्यसैगरी, फागुन १२ मा नयाँ गठबन्धनका लागि अग्रसर हुँदै गर्दा पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमति गर्नु आफ्नो भुल थियो भनेर आत्मालोचना गर्न पनि आवश्यक ठानेनन्। अर्थात्, मन लागेको बेलामा मनलाग्दो सहमति गर्ने र केही समयमै त्यसलाई बेवास्ता गर्ने प्रवृत्तिलाई निरन्तरता दिएका छन्।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल परिस्थिति बदलिएका कारण तत्कालीन सहमतिबाट पछि हटेर नयाँ गठबन्धन गरिएको बताउँछन्। परिवर्तन र संविधानका पक्षधर शक्तिहरु एक ठाउँमा र पछाडि फर्किनुपर्छ भन्ने शक्तिहरु एक ठाउँमा जुटेकाले पछिल्लो गठबन्धन राम्रो घटना भएको उनको भनाइ छ। अब नवगठित गठबन्धनका कारण स्थिरता सुनिश्चित भएको उनको दाबी छ। 'अस्तिसम्म अस्थिरता थियो, अब स्थिरता हुन्छ', उनले भने।

एकातिर संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ। जसको कारण आफ्नै दलको बहुमत आउँछ भन्नेमा कुनै दललाई पनि विश्वास छैन। त्यसैले गठबन्धन संस्कृतिलाई प्रभावकारी बनाउनुपर्ने बाध्यतामा दलहरु छन्। तर सँगसँगै धोकाधडीमा भने दलहरु पारंगत भइरहेका छन्। माओवादी केन्द्र र अध्यक्ष प्रचण्डलाई नै हेरौँ, पुस १० गते दिउँसोसम्म उनी एउटा गठबन्धनमा थिए, त्यसपछिका दुई महिना अर्को गठबन्धनमा रहे, फागुन १२ पछि अर्को गठबन्धनमा छन्। उनको यस किसिमको स्वभावले गठबन्धनलाई विश्वासले होइन, धोकाले जोड्ने खतरा उत्पन्न हुँदै गएको छ।

यसरी प्रधानमन्त्री बनेको दुई महिनामै प्रचण्डले गरेको गठबन्धन परिवर्तन, सत्ता बाँडफाँटको नयाँ सहमति, प्रतिनिधि सभाको अंकगणित र जवाफविहीन ढंगले कित्ता परिवर्तन गर्ने स्वभाव स्थापित हुँदै जाँदा आमागी दिनहरु राजनीतिक अस्थिरतामै बित्ने निश्चित प्रायः देखिन्छ।

Ncell 2
Ncell 2

प्रभावहीन राज्य प्रणाली
सरकारहरु अस्थिर रहँदा कुनै पनि सरकारले आफ्ना अल्पकालीन नीतिलाई कार्यान्वयन गर्न र दीर्घकालीन नीति कार्यान्वयनका निम्ति आधार बनाउन सकेका छैनन्। जसका कारण सरकारका नीतिहरु पनि सरकार जस्तै अस्थिर हुने गरेका छन्। डेलिभरीको सवालमा राज्यका हरेकजसो अंगहरु असफल हुँदा नागरिकमा निराशा उत्पन्न भइरहेको छ।

नागरिकको मन अस्थिर रहेसम्म राजनीतिक स्थायित्व नहुने बताउँछन्, राजनीतिक विश्लेषक केशव दाहाल। उनको तर्क छ, 'जस्तै, राणा शासनमा सरकार त लामो समयसम्म चल्थ्यो नि त। तर नागरिकको मन स्थिर थिएन। सरकारले ठिक हिसाबले काम गर्दैनथ्यो। जनताको सपना सुन्दैनथ्यो। लोकतन्त्र थिएन। त्यसैले त्यो स्थिरता भ्रम मात्रै थियो। मान्छे, समाजमा स्थिरताले काम गरेको थिएन। मान्छेमा उथलपुथल थियो। त्यसैले हामीले लोकतन्त्रका लागि लड्यौँ।'

नागरिकलाई डेलिभरी दिनका लागि, मान्छेलाई खुसी दिनका लागि राज्य संयन्त्र प्रभावकारी बन्नुपर्ने उनको भनाइ छ। सरकार सत्ताको एउटा अंग मात्रै भएकाले प्रशासनिक संयन्त्र, अर्थ व्यवस्था, नागरिक जीवनले ठिक हिसाबले काम गर्‍यो भने सरकार अस्थिर भएर पनि फरक नपर्ने उनी बताउँछन्।

एकातिर, सरकार अस्थिर भएका कारण राज्यका संयन्त्रहरु पनि प्रभावहीन बन्दै जाने र डेलिभरी दिन नसक्ने स्थिति छ। अर्कोतिर, डेलिभरी दिन नसकेकै कारण सरकारहरु स्थिर नै भए पनि फरकपन नहुने चक्र उत्पन्न भएको छ। उदाहरणका लागि, २०७४ कै निर्वाचनपछि गठित मधेस सरकार र सुदूरपश्चिम सरकारलाई हेरौँ। ती सरकारमा बेलाबखत पुनर्गठन भएता पनि मुल नेतृत्व पाँचै वर्ष टिक्यो। तर पाँच वर्ष टिकेकै कारण त्यहाँका सरकारले अन्य प्रदेशको तुलनामा के कति प्रभावकारी काम गरे र पाँच वर्ष टिक्नुको अर्थ पुष्टि गर्न सके? भन्ने प्रश्नको जवाफ स्थापित छैन।

'मेरा लागि राजनीतिक स्थायित्व भनेको मान्छेका सपनाहरुको परिपूर्ति, अपेक्षाहरुको परिपूर्ति र स्थायित्व सहितको समाज हो', दाहाल भन्छन्, 'मान्छेले सपनाहरु पूरा गर्नका लागि आनन्दले काम गर्न पाउन्। राजनीतिप्रतिका मान्छेका आशा र अपेक्षा जाग्रित हुँदै जाउन्। र, मान्छे अपार विश्वासका साथ अगाडि बढून्। मैले देखेको राजनीतिक स्थायित्व भनेको यो हो।'

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्