• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘पुस १०’ को यात्रा पूरा

64x64
किशोर दहाल शुक्रबार, फागुन १२, २०७९  २१:२७
1140x725
पुस १० गते बालकोटको बार्दलीमा ‌केपी ओली र प्रचण्ड। तस्बिर: ओलीको सचिवालय।

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय लिएको छ। बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए। 

'कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गरौँ' भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रस्तावलाई सहभागी दलहरूले समर्थन गरेका थिए। बैठकमा सहभागी एकीकृत समाजवादीका सांसद् प्रकाश ज्वालाका अनुसार व्यक्तिका सन्दर्भमा भने बैठकमा कुनै निर्णय गरिएको छैन। उम्मेदवार बनाइने व्यक्तिको सन्दर्भमा कांग्रेसले नै निर्णय गर्नेछ।

यो सहमतिसँगै गत पुस १० बाट सुरु नयाँ राजनीतिक यात्रा पूरा भएको छ। त्यसदिन एमाले र माओवादी केन्द्र लगायतका सात वटा दलहरूले प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउन साथ दिएका थिए। विशेषतः एमाले र माओवादीबीचको सहमतिले नै त्यो सम्भव भएको थियो। त्यसदिन अपराह्न साढे १२ बजेसम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँगको संवादमा रहेको भए पनि कुरा मिल्न नसकेपछि प्रचण्ड बालकोट पुगेका थिए। र, त्यसको केही घण्टामै प्रधानमन्त्री नियुक्त भएका थिए।

जसरी पनि प्रधानमन्त्री बनिछाड्ने प्रचण्डको हुटहुटी र जसरी पनि तत्कालीन सत्ता गठबन्धन भत्काइछाड्ने एमालेको प्रयत्नबीचको मिलनस्वरुप नयाँ गठबन्धन बन्न सम्भव भएको थियो। त्यतिबेला प्रधानमन्त्री प्रचण्ड बन्ने, राष्ट्रपति र सभामुख एमालेबाट बन्ने, प्रधानमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल बाँडफाँट गर्ने सहमति भएको नेताहरूको भनाइ छ। एमाले नेताहरूका अनुसार, त्यस खालको प्रस्ताव प्रचण्ड स्वयंले राखेका थिए।

'उहाँ (प्रचण्ड) ले नै प्रस्ताव के गर्नुभयो, पाँच वर्षमा आधाआधा गरौँ। पहिलो चरणमा म प्रधानमन्त्री हुन्छु, किनभने 'पहिलो चरणमा म प्रधानमन्त्री हुन्छ भन्ने कुरा कांग्रेसले मानेन, त्यसैले म छोडेर आएँ नि त' भन्नुभयो। त्यसो भए ठीक छ, कांग्रेसले मानेन भने हामी मान्छौँ भनेर मानेको हो', गत शनिबार सुर्खेतमा एमाले सचिव योगेश भट्टराईले भनेका थिए, 'त्यसो भए उहाँले नै यो गठबन्धनको ठूलो पार्टी एमाले हुन्छ। एमालेले राष्ट्रपति र सभामुख लिनुस्। उहाँले भनेको हो। सभामुख पनि आधाआधा गरौँ भन्ने उहाँको कुरा हो।'

Ncell 2
Ncell 2
nimb
nimb

तर, सभामुख समेत एमालेलाई दिइसकेपछि राष्ट्रपतिमा सघाउन प्रचण्ड हच्किए। अढाइ वर्षपछि आफूले सत्ता हस्तान्तरण गर्दा राज्यका सबै प्रमुख अंगमा एमाले नै एमाले हुने देखेपछि उनी पूर्वसहमति पालना नगर्ने मनस्थितिमा पुगेका थिए। त्यहीमाथि गठबन्धनका अन्य दलको साथ लिएर आफूलाई अप्ठ्यारोमा पार्ने, आफैं प्रधानमन्त्री भएझैँ गरेर भाषण गर्ने, प्रतिनिधि सभा विघटनको बचाउ गर्ने जस्ता ओली शैलीले उनलाई आफ्नो मनस्थितिमा थप बल भरेको थियो। त्यसका लागि बाहना भएको थियो- पुस २६ मा विश्वासको मत लिँदा कांग्रेसले समेत दिएको मत। विश्वासको मत लिने प्रस्तावमाथि त्यसदिन भएको निर्वाचनमा २७० मत खस्दा प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए। त्यसपछि नै उनले कांग्रेसलाई पनि सहमतिमा लिनुपर्ने बताउन थालेका थिए।

यसबीचमा उनी ओलीसँग टक्कर लिन चाहिरहेको शैलीमा निर्णय गर्न थालेका थिए। ओलीको दबाबका बाबजुद रवि लामिछानेलाई पुनः गृहमन्त्री नबनाउनु, एमाले नेतृत्वको सुदूरपश्चिम सरकार जोगाउन भूमिका नखेल्नु बरु अरुन चौधरीलाई पक्राउ गरिदिएर माहोल बिगारिदिनु, संघीयताविरोधी अभिव्यक्ति दिने मन्त्रीलाई चेतावनी दिनु, फागुन १ लाई 'जनयुद्ध दिवस'का रुपमा मनाउने निर्णय गर्नु जस्ता कामहरूले ओलीलाई समेत तनाव सिर्जना गरेको थियो। तर, राष्ट्रपतिको निर्वाचन नजिकिएकाले ओली मौन बसेका थिए। जब राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले एमालेलाई साथ दिँदैन भन्ने निष्कर्षमा पुगे, तब मात्रै उनले 'जनयुद्ध दिवस'लाई 'हिंसा दिवस' भन्दै आफ्नो सदावहार शैली पुनरावृत्त गरिसकेका छन्। आगामी दिनमा अन्य सन्दर्भमा प्रतिवाद अब हुँदै जानेछन् भन्ने बुझ्न कठिन छैन।

यसबीचमा एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसलाई उनी केही समयअघिसम्म गद्दार भन्थे र सार्वजनिक कार्यक्रममै गिज्याउँथे, उनैलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने अवस्थासम्म पुगे। तर, उनको प्रयत्न सफल भएन। नेकपा ब्युँत्याउने चर्चा पनि चल्यो। त्यो पनि सफल भएन। चलनचल्तीको भाषामा रहेको, वामपन्थी वामपन्थीतिरै, दक्षिणपन्थी दक्षिणपन्थीतिरै हुने माहोल सिर्जना गर्ने प्रयत्न पनि गरिएको थियो। तर, त्यो पनि सफल भएन। बरु माओवादी र एकीकृत समाजवादी लगायतका दलहरूले निर्वाचनअघिकै गठबन्धन ब्युँत्याउन र त्यसमा थप केही दल थप्न सजिलो मानेका छन्। र, ओलीले गत पुस २६ गते आलोचना गर्दै प्रयोग गरेको कांग्रेसको ढोक्सामा माछा पर्ने निश्चितप्रायः भएको छ।

पृष्ठभूमिका जे भए पनि, पुस १० पछि एमाले र माओवादी केन्द्रको मुख्य नेतृत्वमा सुरु भएको नयाँ यात्राले विश्राम पाउने निश्चित जस्तै भएको छ। बालकोटको बार्दलीमा पुस १० मा संयुक्त रुपमा हात हल्लाएर सुरु भएको नयाँ यात्राको पटाक्षेप अब सार्वजनिक मञ्चहरूमा धारे हात लगाएर हुनेछ। त्यसको सुरुआत सम्भवतः भोलि शनिबार नै हुनेछ।

राष्ट्रपति निर्वाचन लक्षित नयाँ गठबन्धन बाँकी विषयमा कसरी अघि बढ्छ भन्ने प्रष्ट छैन। शुक्रबारको बैठकमा पनि राष्ट्रपतिको निर्वाचनबाहेक अन्य विषयमा छलफल नै नभएको एकीकृत समाजवादीका सांसद ज्वालाको भनाइ छ। तर, ज्वाला स्वयं भने यो गठबन्धन राजनीतिक समीकरणको हिसाबले टर्निङ प्वाइन्ट जस्तो भएको बताउँछन्। त्यसलाई आधार दिन उनले शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई उद्धृत गरेका थिए, 'प्रधानमन्त्रीज्यूले पनि भन्नुभएको छ- आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ। यसलाई अगाडि बढाऔँ। सबै दलहरू मिलेर जाऔँ। र, राष्ट्रको समृद्धि, राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधिनता र जनतालाई सेवा सुविधा दिने क्रममा हामी सबै मिलेर एकताबद्ध भएर जाने हो। र, हामी सत्ता समीकरणका सन्दर्भमा पनि एकताबद्ध भएर जाऔँ।'

तर, प्रधानमन्त्रीको यस किसिमको 'पवित्र' चाहना भने पूरा नहुने निश्चितप्रायः छ। किनकि, नेपाली राजनीतिमा लामो समय यस्ता आश्वासनलाई संकल्प होइन, थेगो जस्तो बनाएको छ। अर्कोतिर, प्रधानमन्त्री प्रचण्ड स्वयंको चरित्र थप अविश्वसनीय र अस्थिर स्वभावको रुपमा स्थापित भइसकेको छ। कांग्रेससँगको सहयात्रा उनका लागि सहज त हुनेछ, तर अब एमालेको प्रहार खेप्न भने उनलाई कठिन हुनेछ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्