काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदाबारे पार्टी संरचनाभित्र छलफल र सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ।
शुक्रबार पार्टी कार्यालयमा विधान मस्यौदा समितिले संगठनको प्रारुपबारे छलफल गरेको हो।
पहिचानमा आधारित (१०+१) राष्ट्रिय समिति र विद्यमान सात प्रदेशबीचको अधिकार क्षेत्रका बारेमा शुक्रबारको छलफल केन्द्रित रह्यो।
सांगठनिक संरचनाबारे केन्द्रित छलफलमा पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यहरू रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, शिवलाल थापा, सुशीला श्रेष्ठ लगायतका नेता, कार्यकर्ताहरूको उपस्थिति थियो।
विधान अधिवेशन चैत्र २७, २८ र २९ गते काठमाडौंमा गर्ने जसपाको निर्णय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।