काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सत्ता समीकरण बदल्ने निर्णयलाई एमालेले देशलाई अस्थिरतातर्फ धकेल्ने कदम भनेको छ। राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णयपछि प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यस्तो बताएका हुन्।
उनले भने 'पूर्वसहमति विपरीत जसरी प्रधानमन्त्री प्रचण्डले अर्कै पार्टीलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेका छन्। यो कदमले देशलाई अनन्त: अस्थिरतातर्फ धकेल्ने काम भएको छ।'
८ दलीय गठबन्धनको निर्णयलाई लिएर पार्टीले औपचारिक रुपमा धारणा भने शनिबार मात्रै बाहिर ल्याउने उनले बताए। 'शनिबार बिहान सचिवालय बैठक बोलाइएकाले सरकारका विषयमा र आगामी कदमका विषयमा निर्णय लिन्छौं', पोखरेलले भने।
प्रचण्डले एमालेसँग गरेको पुस १० को निर्णय विपरीत कदम चालेको बुझाइ एमालेको छ। राष्ट्रपति र सभामुख एमालेले पाउने सहमतिमा प्रचण्डलाई प्रधानमन्त्री बनाइएको एमाले नेताहरू बताउँछन्। एमालेले सभामुख प्राप्त गरेपनि राष्ट्रपति भने गुमाउने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।